Tuesday, April 21, 2026
spot_img
spot_img

एक वर्षमा १३ हजार ५ सय युनिट ईभी कार आयात, चीनबाट मात्रै भित्रिए १० हजार बढी

spot_img
spot_img

आर्थिक वर्ष २०८१/०८२ मा झण्डै ३२ अर्ब रुपैयाँ बराबरका विद्युतीय जीप, कार र भ्यान आयात भएका छन् । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०८१/०८२ मा १३ हजार ५६९ युनिट ईभी कार तथा जीप आयात भएका हुन् ।

३१ अर्ब ७५ करोड ३६ लाख ३३ हजार बराबरका १३ हजार ५६९ युनिट ईभी जीप, कार तथा भ्यान आयात हुँदा सरकारले १९ अर्ब ७० करोड २६ लाख १३ हजार बराबर राजस्व पाएको छ ।

कुल आयात भएका ईभी कारमध्ये चीनबाट धेरै आएका छन् । चीनबाट ५० किलोवाट सम्मका २ हजार ८३२ युनिट, ५१ देखि १०० किलोवाट सम्मका ६ हजार ९२ युनिट, १०१ देखि २०० किलोवाट सम्मका १ हजार २४९ युनिट र २०१ देखि ३०० किलोवाट सम्मका ३२ युनिट ईभी आयात भएका छन् । ३०० किलोवाट माथिका २ युनिट ईभी आयात हुँदा यी सबै चीनबाट आएका छन् ।

यस्तै, नेपालमा आयात हुने ईभीमा भारतीय ईभीको हिस्सा दोस्रो स्थानमा छ । भारतबाट ५० किलोवाट सम्मका १ हजार ८९६ युनिट, ५१ देखि १०० किलोवाट सम्मका १ हजार ३३८ युनिट र १०१ देखि २०० किलोवाट सम्मका १२ युनिट ईभी आयात भएका छन् ।

इन्डोनेशियाबाट ५० किलोवाट सम्मका ४ युनिट ईभी आयात भएका छन् ।

यसैगरी, जर्मनीबाट १०१ देखि २०० किलोवाट सम्मका ३६ युनिट र २०१ देखि ३०० किलोवाट सम्मका ९ युनिट ईभी कार नेपाल भित्रिएका छन् ।

मलेसियाबाट १०१ देखि २०० किलोवाट सम्मका ५० युनिट ईभी नेपाल आउँदा यहीँ क्षमताका अमेरिकाबाट १० युनिट र कोरियाबाट ५ युनिट ईभी आएका छन् । अमेरिकाबाट २०१ देखि ३०० किलोवाट सम्मको एउटा ईभी आउँदा ५१ देखि १०० किलोवाट सम्मको एउटा ईभी कोरियाबाट पनि आएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा इन्दिरा आचार्य नियुक्त

सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा इन्दिरा आचार्यलाई नियुक्त...

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको लागि सिफारिस समिति गठन

सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको लागि सरकारले सिफारिस...

सहकारी ठगीको आरोपमा राष्ट्रिय वाणिज्य बैंकका पूर्व अध्यक्ष पक्राउ

राष्ट्रिय वाणिज्य बैंकका पूर्व अध्यक्ष डा. बलराम पाठक पक्राउ...

TMS को ‘कमजोरी लुकाउन’ थालिएको चलखेल असफल, नेप्सेको चासोपछि दुवै पक्ष ब्याक

नेपाल स्टक एक्सचेन्ज नेप्सेले सम्पूर्ण ब्रोकर कम्पनीहरुलाई आइटी अडिट...

सदस्यता समितिले १८ वटा संघलाई किन गरेको थिएन सदस्यता सिफारिस ? यस्तो छ हरेकको कारण

नेपाल उद्योग वाणिज्य महासंघभित्र ‘१८ वस्तुगत सदस्य’को किचलोले गर्दा...
spot_img