Tuesday, April 21, 2026
spot_img
spot_img

यूरो ६ मापदण्डले अर्डर भएका गाडीसमेत आउन नसकेपछि वन मन्त्रालयले बनायो अध्ययन समिति

spot_img
spot_img

सरकारले यूरो–६ सरहको नेपाल सवारी साधन प्रदूषण मापदण्ड, २०८२ लागू गरेपछि सवारी आयातकर्ता व्यवसायीहरुले आफूहरु मर्कामा परेको गुनासो गरेपछि अध्ययन गर्न समिति गठन गरिएको छ । सरकारले असार ९ गते राजपत्रमा सूचना प्रकाशित गर्दै साउन १ गतेबाट यूरो ६ मापदण्ड बाहेकका सवारी साधन आयात गर्न नदिने भनेपछि व्यवसायीहरुले अर्डर भइसकेका गाडी समेत ल्याउन सकेका थिएनन् ।

यसपछि अटोमोबाइल्स व्यवसायीहरुले अर्डर गरिसकेका सवारी साधनको हकमा विशेष व्यवस्था हुनुपर्ने माग गर्दै आएका थिए । व्यवसायीहरुले यस्तो माग गरेपछि वन तथा वातावरण मन्त्रालयले वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीको नेतृत्वमा अध्ययन समिति गठन गरेको हो ।

विभागका महानिर्देशक सुवेदीले पनि आफ्नो नेतृत्वमा समिति बनेको र अहिले उक्त समितिको छलफल हुन थालेको जानकारी दिए । ‘समिति बनेको छ, म अहिले पनि यहीँ समितिको छलफलमा छु’ उनले भने, ‘बाँकी कुरा पछि गरौँला ।’

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा इन्दिरा आचार्य नियुक्त

सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा इन्दिरा आचार्यलाई नियुक्त...

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको लागि सिफारिस समिति गठन

सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको लागि सरकारले सिफारिस...

सहकारी ठगीको आरोपमा राष्ट्रिय वाणिज्य बैंकका पूर्व अध्यक्ष पक्राउ

राष्ट्रिय वाणिज्य बैंकका पूर्व अध्यक्ष डा. बलराम पाठक पक्राउ...

TMS को ‘कमजोरी लुकाउन’ थालिएको चलखेल असफल, नेप्सेको चासोपछि दुवै पक्ष ब्याक

नेपाल स्टक एक्सचेन्ज नेप्सेले सम्पूर्ण ब्रोकर कम्पनीहरुलाई आइटी अडिट...

सदस्यता समितिले १८ वटा संघलाई किन गरेको थिएन सदस्यता सिफारिस ? यस्तो छ हरेकको कारण

नेपाल उद्योग वाणिज्य महासंघभित्र ‘१८ वस्तुगत सदस्य’को किचलोले गर्दा...
spot_img