Tuesday, April 21, 2026
spot_img
spot_img

नाइमा एक्स्पोमा पारामाउण्टः IM6 लञ्च गर्नेदेखि माज्दाको CX60 भित्र्याउने सम्मको तयारी

spot_img
spot_img

साउन २१ देखि २५ गतेसम्म ‘नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड मेनुफ्याक्चरर्स एसोसिएसन’ (नाइमा)ले ‘नाइमा मोबिलिटी एक्स्पो’ आयोजना गर्दैछ । जसमा नेपाली बजारमा ईभीको व्यवसायिक बिक्री वितरण गर्ने सरुवाती गर्ने कम्पनी पारामाउण्ट मोटर्सले २ वटा स्टल राख्दैछ ।

एमजी र माज्दाका दुइ स्टल राख्न लागेको पारामाउण्टले एक्स्पो लक्षित केही नयाँ मोडल पनि ल्याउँदैछ । दुइ वटा स्टलमध्ये एमजी ब्राण्डका धेरै मोडल प्रस्तुत गर्न तुलनात्मक रुपमा ठूलो स्टल बनाइने छ ।

IM6

प्रीमियम एसयूभी ब्राण्ड ‘IM6’ नाइमा एक्स्पोमा लञ्च हुँदैछ । पारामाउण्ट मोटर्सका जनरल म्यानेजर सुनिल क्षेत्रीका अनुसार ‘IM by MG’ भनिने ‘आईएम ६’ ईभी आधुनिक फिचर्स, गजबको लुक्स र डिजाइनका साथै लक्जरीयस मोडल हो ।

आईएम ६ एमजीकै शोरुमबाट बिक्री वितरण हुनेछ । यो एसयूभीका अहिले केही युनिट नेपाल आइसकेको छ । नाइमा एक्स्पोमा औपचारिक रुपमा सार्वजनिक गरेर बिक्री वितरण सुरु गर्ने तयारीमा कम्पनी छ । यसको मूल्य लगायतका कुरा भने लञ्चकै दिन सार्वजनिक हुनेछ ।

MG Windsor

नेपालमा असार १८ गते लञ्च भएको MG Windsor EV पनि पनि पारामाउण्ट मोटर्सले नाइमा एक्स्पोमा राख्दैछ । नेपालका लागि एमजीको आधिकारिक वितरक पारामाउण्ट मोटर्सले भारतमा उत्पादन भएको वीन्डसर ईभीलाई जुलाई २ मा लञ्च गरेसँगै यसको बुकिङ र बिक्री सुरु भइसकको छ ।

MG Windsor हाल दुई भेरियन्टमा नेपाल आएको छ । ३८ किलोवाट आवरको एलएफपी ब्याट्री प्याक भएको एमजी वीन्डसरमा १ सय किलोवाट क्षमताको मोटर जडान गरिएको छ । यसले एक पटकको फूल चार्जमा ३३१ किलोमिटर रेन्ज प्रदान गर्ने बताइएको छ ।

वायरलेस चार्जर, ३६० डिग्री क्यामेरा, अटोमेटिक एसी, ६ वटा एयरब्याग, टायर प्रेसर मोनिटरिङ सिस्टम जस्ता विशेषता छन् । पानारोमिक ग्लास रुफ, फ्लस डोर ह्याण्डल, इन्टेरियरमा ८.८ इन्चको फूल एलसीडी इन्ट्रुमेन्टल प्यानल र १५.६ इन्चको फ्लोटिङ सेन्टर कन्ट्रोल स्क्रीन र सबै एलईडी लाइट दिइएको छ ।

भारतमा उत्पादनको ६ महिनामा २० हजार बढी युनिट बिक्री भएको एमजी वीन्डसरको मूल्य नेपाली बजारमा ३७ लाख ९९ हजारदेखि सुरु छ । अर्को भेरियन्टको मूल्य ३९ लाख ९९ हजार छ ।

एमजी एस–५

पारामाउन्ट मोटर्ससँग गत मार्चमा नेपाली बजाजरमा सार्वजनिक भएको एमजी एस–५ ईभी पनि छ । कम्पनीले एस–५ लाई दुई ब्याट्री अप्सन र तीन भेरियन्टमा लञ्च गरेको थियो ।

एस–५ मा ४९ र ६२ किलोवाट आवर क्षमताका दुई ब्याट्री अप्सन पाउन सकिन्छ । नेपाल आएको ६२ किलोवाट आवरको ब्याट्री भएको एस–५को मूल्य ५४ लाख ९९ हजार रुपैयाँ तय गरिएको छ ।

४९ किलोवाट आवरको ब्याट्री भएको मोडल दुई भेरियन्टमा उपलब्ध छ । जसमध्ये इन्ट्री भेरियन्टको मूल्य ४३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यसको फुल अप्सन भेरियन्टको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

एमजी एस–५ मा प्रयोग भएको ४९ किलोवाटको ब्याट्रीले ३४० र ६२ किलोवाट आवरको ब्याट्रीले ४३० किलोमिटर रेन्ज दिने छ । यसको सबै भेरियन्टमा ९९ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर छ ।

एस–५मा रहेको सानो ब्याट्रीलाई डिसी चार्जरले २६ मिनेटमै ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिनेछ । डिसी चार्जरबाट ठूलो ब्याट्री २१ मिनेटमै ८० प्रतिशतसम्म चार्ज हुने बताइएको छ । एस–५ रहेको एलएफपी ब्याट्री अहिलेसम्मकै सबैभन्दा पातलो रहेको कम्पनीको दाबी छ ।

ड्यासबोर्डमा १२.८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, १०.२५ इन्चको ड्राइभर इन्फर्मेसन डिस्प्ले रहेको यस गाडीको ग्राउण्ड क्लियरेन्स १८० एमएम छ ।

कोमेटको नयाँ भर्सन

पारामाउण्टको एमजी कोमेट ईभी पनि हालै मात्रै नेपाली बजारमा नयाँ भर्सनमा आएको छ । फूल चार्जमा २३० किलोमिटर रेन्ज दिने यस ईभीमा १७.३ किलोवाट आवर क्षमताको ब्याट्री छ । यो गाडी ३.५ घण्टामा फूल चार्ज हुने कम्पनीले जनाएको छ । यसले ७.४ किलोवाटको फास्ट चार्जर सर्पोट गर्ने बताइएको छ ।

चालक सिटबाहेक ४ सिटे फेमिली कार कोमेटको मूल्य १९ लाख ९९ हजारदेखि २२ लाख ७९ हजारसम्म छ । शहर तथा बजार एरियाभित्र चलाउन निकै किफायती र स्तरीय मानिने कोमेट ईभी नेपाली बजारमा निकै रुचाइएको मोडलमा पर्छ ।

कोमेटको नयाँ भर्सनलाई ‘फ्यूचर अफ अर्बन मोबिलिटी’ भनिएको छ । साथै, यसलाई ‘द स्ट्रिट स्मार्ट कार’ पनि भनिएको छ । अहिले नेपाली सडकमा ५ सय युनिटभन्दा बढी एमजी कोमेट ईभी गुडिरहेका छन् ।

एमजी–४

नेपाली सडकमा निकै गुडिरहेको मोडल हो एमजी ४ । अझै पनि यसका प्रयोगकर्ता बढिरहेका छन् ।

न्युजिल्याण्डको प्रख्यात सञ्चार कम्पनी स्टफद्वारा आयोजित ‘टप कार्स २०२४’ को उपाधि जितेको एमजी ४ ले नेपाल आउँदा ताका नै ‘युके कार अफ द इयर’ अवार्ड पनि पाएको थियो ।

सेफ्टी रेटिङमा ५ स्टार पाएको यस मोडल अझै पनि माग हुने मोडलमा पर्छ । एमजी ४ले सिङ्गल चार्जमा ४३५ किलोमिटरसम्मको रेञ्ज दिने बताइन्छ ।

Mazda CX 60

पारामाउण्टले Mazda तर्फ ‘CX60’ नेपाली बजारमा ल्याउने तयारी गरिरहेको छ । २०७८ साल बैशाखमा माज्दाको CX5 ल्याएर बिक्री सुरु गरेको पारामाउण्टले नाइमा एक्स्पोका लागि CX 60 मोडल ल्याउने तयारी गरिरहेको जनाएको छ ।

पारामाउण्टले सकेसम्म नाइमा एक्स्पोमा CX 60 लञ्च गर्ने लक्ष्यका साथ अहिले तयारीलाई तीव्रता दिइरहेको छ । कम्पनीले २०७८ असारमै ‘सिएक्स–९’ पनि ल्याएको थियो ।

माज्दा निकै लक्जरी र प्रीमियम ब्राण्ड हो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा इन्दिरा आचार्य नियुक्त

सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा इन्दिरा आचार्यलाई नियुक्त...

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको लागि सिफारिस समिति गठन

सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको लागि सरकारले सिफारिस...

सहकारी ठगीको आरोपमा राष्ट्रिय वाणिज्य बैंकका पूर्व अध्यक्ष पक्राउ

राष्ट्रिय वाणिज्य बैंकका पूर्व अध्यक्ष डा. बलराम पाठक पक्राउ...

TMS को ‘कमजोरी लुकाउन’ थालिएको चलखेल असफल, नेप्सेको चासोपछि दुवै पक्ष ब्याक

नेपाल स्टक एक्सचेन्ज नेप्सेले सम्पूर्ण ब्रोकर कम्पनीहरुलाई आइटी अडिट...

सदस्यता समितिले १८ वटा संघलाई किन गरेको थिएन सदस्यता सिफारिस ? यस्तो छ हरेकको कारण

नेपाल उद्योग वाणिज्य महासंघभित्र ‘१८ वस्तुगत सदस्य’को किचलोले गर्दा...
spot_img