Tuesday, July 15, 2025

नाइमा एक्स्पोः डेढ दर्जन दुइ पाङ्ग्रे ब्राण्ड सहभागी हुँदै, EV बाइक पनि देख्न पाइने

spot_img
spot_img

नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)को आयोजनामा साउन २१ देखि सुरु हुने ‘नाइमा मोबिलिटी एक्स्पो–२०२५’ मा दुइ पाङ्ग्रे सवारीसाधनका १७ ब्राण्ड सहभागी हुँदैछन् । अहिले तुलनात्मक रुपमा दुइ पाङ्ग्रेको ब्यापार बढिरहेका बेला हुन लागेको नाइमा एक्स्पोले ब्यापारमा अझ सहयोग पुर्‍याउने आशामा कम्पनीहरु देखिन्छन् । सोही अनुसार एक्स्पोमा १७ दुइ पाङ्ग्रे ब्राण्डले सहभागीता जनाउन लागेका हुन् ।

पेट्रोल इन्जिन र विद्युतीय दूबै ब्राण्डलाई एक्स्पोमा देख्न पाइनेछ । केही कम्पनीले भने ईभी र पेट्रोल इन्जिन दूबै मोडल ल्याउने तयारी पनि अघि बढाएका छन् ।

कुन कम्पनीले के ल्याउँदैछन् ?

आइहब प्रा.लि.: (सेगवे–नाइनबट)

नाइमा एक्स्पोमा आइहब प्रा.लि.ले दुइ वटा नयाँ मोडल ल्याउने तयारी अघि बढाएको छ । नाइमा एक्स्पोमा सेगवे–नाइनबट विद्युतीय स्कूटरका दुइ मोडल ल्याउन लागिएको कम्पनीले जनाएको छ । नयाँ मोडल नाइमा एक्स्पोमा प्रस्तुत गर्ने योजनामा रहेको कम्पनी अहिले त्यसका लागि आवश्यक प्रक्रिया पूरा गर्ने दौडधूपमा छ ।

भीजी अटोमोबाइल्सः एक्सेस स्कूटर

सुजुकी दुइ पाङ्ग्रेको नेपालका लागि आधिकारिक बिक्रेता भीजी अटोमोबाइल्सले नाइमा एक्स्पोमा स्कूटरको अपग्रेड भर्सन ल्याउने तयारी अघि बढाएको छ । कम्पनीले ‘सुजुकी एक्सेस’को अपग्रेड भर्सन ल्याउने तयारी गरेको हो ।

कम्पनीका अनुसार एक्सेसकै ईभी समेत ल्याउने तयारी छ । ‘एक्सेसको अपग्रेड भर्सनसँगै एक्सेसकै ईभी पनि ल्याउने तयारी छ’ कम्पनीले भनेको छ ।

हंशराज हुलाशचन्द एण्ड कम्पनीः एड्भेन्चर र ड्युकको नयाँ मोडल

केटिएम बाइकको आधिकारिक आयातकर्ता गोल्छा ग्रुप अन्तर्गतको हंशराज हुलाशचन्द एण्ड कम्पनीले ‘केटीएम एड्भेन्चर’को नयाँ मोडल ल्याउने तयारी अघि बढाएको छ । यस्तै, केटीएम ड्युकको नयाँ मोडल पनि नाइमा एक्स्पो मै ल्याउने तयारीमा कम्पनी देखिएको छ ।

‘ड्युकको नयाँ मोडल पनि ल्याउने तयारी छ, भारतमा ४ महिना अगाडी आएको मोडल नाइमा एक्स्पोमा ल्याउन सकिन्छ भनेर त्यस अनुसारको तयारी अघि बढाइएको छ’ कम्पनीका एक प्रतिनिधिले भने ।

कुजु नेपालः YADEA Keeness Bike

याडियाको नेपालका लागि आधिकारिक बिक्रेता कुजु नेपाल प्रा.लि.ले नाइमा एक्स्पोको अवसरमा ईभी मोटरसाइकल लन्च गर्दैछ । कम्पनीले यसअघि नै नाइमा एक्स्पोको अवसरमा YADEA Keeness बाइक ल्याउने घोषणा गरिसकेको छ ।

१७५ एमएम ग्राउण्ड क्लियरेन्स, १०० किलोमिटर प्रतिघण्टा गती भएको यो बाइकमा २० हजार किलोमिटर वा २ वर्षको वारेन्टी दिने जनाएको छ । यसमा अगाडी र पछाडी डिस्क ब्रेकहरु हुनेछन्, जसमा combined braking system (CBS) पनि हुनेछ ।

यसका साथै, कम्पनीले अन्य केही प्रोडक्ट पनि ल्याउने तयारी गरेको छ । यसको अफिसियल जानकारी कम्पनीले पत्रकार सम्मेलन नै गरेर दिने भएको छ । केही दिनमा कम्पनीले पत्रकार सम्मेलन गर्दैछ ।

ऋषी ट्रेड सेन्टरः नयाँ मोडल ‘डिस्प्ले’को तयारी

जीहो ईभी स्कूटरको बिक्रेता ऋषी ट्रेड सेन्टरले नाइमा एक्स्पोमा डिस्प्ले गर्न नयाँ मोडल ल्याउने तयारी गरिरहेको जनाएको छ । तर, अहिले कुन मोडल ल्याउने भन्ने यकिन गर्न बाँकी रहेको कम्पनीले जनाएको छ ।

दुगड ब्रदर्शः रिभोल्ट ईभी बाइक

दुगड ब्रदर्श एण्ड सन्सले नाइमा एक्स्पोमा रिभोल्ट विद्युतीय बाइक नै प्रदर्शनीमा राख्ने भएको छ । कम्पनीले अहिले २०२५ कै अपडेटेड मोडल आफूसँग उपलब्ध रहेको जनाउँदै नाइमा एक्स्पोमा सोही मोडल प्रस्तुत गर्ने जनाएको हो ।

केटीएम इन्टरनेशनलः मोर्बिडेली

बनेलीको आधिकारिक बिक्रेता केटीएम इन्टरनेशनलले मोर्बिडेली मोटरसाइकल नाइमा एक्स्पोमा राख्ने भएको छ । कम्पनीले मोर्बिडेलीका २५० सीसी र ३५२ सीसीको स्पोर्ट बाइक नाइमा एक्स्पोमा प्रदर्शनीमा राख्ने भएको हो ।

यसका सथै, सकेसम्म अर्को मोडल पनि ल्याउने तयारी भइरहेको कम्पनीले जनाएको छ ।

जगदम्बा मोटर्सः एन्टर्कको नयाँ मोडल

टीभीएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले स्कूटरको नयाँ मोडल प्रस्तुत गर्ने तयारी गरेको छ । एन्टर्क स्कूटरको नयाँ मोडल प्रस्तुत गर्ने गरी कम्पनीले तयारी बढाएको बुझिएको छ ।

नेबुला मोबिलिटीः गोगोरो

गोगोरो स्कूटरको आधिकारिक बिक्रेता नेबुला मोबिलिटीले अहिलेकै चल्तीका मोडल एक्स्पोमा राख्ने तयारी गरिरहेको छ । गोगोरो अहिले ईभी स्कूटरमा चलेको ब्राण्डमा पर्छ । उसले हाल आफूसँग भएकै मोडल प्रस्तुत गर्ने बताएको छ ।

तर, अझै समय बाँकी रहेकाले थप गृहकार्यसमेत भइरहेको कम्पनीले जनाएको छ ।

वैद्य इनर्जीः एथर रिज्ता

एथर ईभीको नेपालका लागि आधिकारिक आयातकर्ता वैद्य इनर्जी प्रा.लि.ले नाइमा एक्स्पोमा ‘एथर रिज्ता’ लन्च गर्दैछ । कम्पनीले भारतमा ‘हाइएस्ट सेलिङ’ भएको रिज्ता ईभी टू ह्वीलरलाई नाइमा एक्स्पोको अवसर पारेर नेपाल ल्याउने भएको हो ।

यसका विशेषता सहितको स्पेशिफिकेशन आउने क्रममा रहेको र नाइमा एक्स्पोको अवसर पारेर लन्च गरिने कम्पनीका प्रतिनिधिले बताएका छन् ।

‘हामीलाई अहिले रिज्ता कहिले आउँछ भनेर धेरै इन्क्वायरी पनि आउने गरेको छ, भारतमा हाइएस्ट सेलिङ भएको मोडल भएकाले यसबारे धेरै जिज्ञासा आइरहेको छ’ कम्पनीका प्रतिनिधिले भने, ‘हामीले नाइमा एक्स्पोको अवसर पारे यसलाई लन्च गर्दैछौँ ।’

यी बाहेक महिन्द्रा, होण्डा, रोयल इन्फिल्ड, बजाज, नियो लगायतका ब्राण्ड पनि नाइमा एक्स्पोमा सहभागी हुँदैछन् ।

spot_img

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img

आईपीओको तयारीमा रहेको महानगर यातायातले १२ वटा विद्युतीय बस सञ्चालनमा ल्याउँदै

काठमाडौँको ‘रिङ– रोड’मा सार्वजनिक यातायात सेवा दिँदै आएको महानगर...

ओझा निलम्बनमा परेपछि बीमा प्राधिकरण अध्यक्षमा पोखरेल, लिए सपथ

अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलले नेपाल बीमा प्राधिकरणको अध्यक्षको...

 माछापुच्छ्रे क्यापिटलद्वारा श्रम राष्ट्रिय माध्यमिक विद्यालयलाई कम्प्युटर सहयोग

माछापुच्छ्रे क्यापिटल लिमिटेडले श्रम राष्ट्रिय माध्यमिक विद्यालयलाई कम्प्युटर सहयोग...

ईभीको बढ्दो दुर्घटनाः प्रविधि असुरक्षित होइन, दोष कसको ?

अहिले सामाजिक सञ्जालमा विद्युतीय सवारी साधनको दुर्घटनालाई अस्वभाविक रुपमा...

एनआरएनए जापानको अध्यक्षमा सिद्धार्थ श्रेष्ठको उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको अध्यक्षमा सिद्धार्थ श्रेष्ठले उम्मेदवारी...

मंगलम इन्डष्ट्रिज लिमिटेडलाई अवसर इक्वीटी डाइभर्सिफाइड फण्डको ३८ करोड लगानी

मंगलम इन्डष्ट्रिज लिमिटेड (एमआईएल)ले निजी इक्विटी फण्ड अवसर इक्वीटी...
spot_img