Thursday, March 12, 2026

बुधबार सार्वजनिक हुँदै MG Windsor EV, एकपटक चार्ज गर्दा ३३१ किलोमिटर कुद्ने

spot_img
spot_img

प्रतिक्षा गरिएको MG Windsor EV नेपालमा बुधबार सार्वजनिक हुने भएको छ । नेपालका लागि एमजीको आधिकारिक वितरक पारामाउण्ट मोटर्सले भारतमा उत्पादन भएको वीन्डसर ईभीलाई बुधबार सार्वजनिक गर्ने त्ययारी गरेको हो।

पारामाउण्टले वीन्डसर ईभीलाई हाल दुई भेरियन्टमा नेपाल भित्र्याएको छ । ३८ किलोवाट आवरको एलएफपी ब्याट्री प्याकमा आएको एमजी वीन्डसरमा १ सय किलोवाट क्षमताको मोटर जडान गरिएको छ । यसले एक पटकको फूल चार्जमा ३३१ किलोमिटर रेन्ज प्रदान गर्ने बताइएको छ ।

वायरलेस चार्जर, ३६० डिग्री क्यामेरा, अटोमेटिक एसी, ६ वटा एयरब्याग, टायर प्रेसर मोनिटरिङ सिस्टम जस्ता विशेषता छन् ।

पानारोमिक ग्लास रुफ, फ्लस डोर ह्याण्डल, इन्टेरियरमा ८.८ इन्चको फूल एलसीडी इन्ट्रुमेन्टल प्यानल र १५.६ इन्चको फ्लोटिङ सेन्टर कन्ट्रोल स्क्रीन र सबै एलईडी लाइट दिइएको छ ।

एमजी वीन्डसर भारतमा उत्पादनको ६ महिनामा २० हजार बढी युनिट बिक्री भएको थियो । यो कार भारतीय बजारमा सन् २०२४ को सेप्टेम्बरमा लन्च गरिएको हो ।

spot_img
spot_img

2 COMMENTS

  1. मुल्य नखुलाई लेखिएको न्युज अधुरो नै हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

गरिमा सुवर्ण योजनाको इकाई आजदेखि बिक्री खुला

गरिमा क्यापिटलले आज फागुन २८ गतेदेखि खुलामुखी सामुहिक लगानी...

सुपर खुदी हाइड्रोपावरको शेयर डिम्याट गराउन सम्झौता

सुपर खुदी हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन...

५७१९ अर्ब पुग्यो निजी क्षेत्रमा गएको कर्जा, कुन शिर्षकमा कति बढ्यो ?

चालु आर्थिक वर्षको पहिलो ७ महिनाको अवधिमा बैंक तथा...

नेपालको विदेशी विनिमय सञ्चिति ३३०२ अर्ब पुग्यो, कति महिनाको आयात धान्छ ?

नेपालको विदेशी विनिमय सञ्चिति बढेको छ । नेपाल राष्ट्र...

७ महिनामै भित्रियो १२६१ अर्ब रेमिट्यान्स, माघमा आयो १९८ अर्ब

नेपाल भित्रिने रेमिट्यान्स बढेको छ । नेपाल राष्ट्र बैंकका...

पाल्पा सिमेन्टको आईपीओ बाँडफाँड मिति तय

पाल्पा सिमेन्ट इण्डष्ट्रीजले निष्काशन गरेको आईपीओमा फागुन २९ गते...
spot_img