प्रतिक्षा गरिएको MG Windsor EV नेपालमा बुधबार सार्वजनिक हुने भएको छ । नेपालका लागि एमजीको आधिकारिक वितरक पारामाउण्ट मोटर्सले भारतमा उत्पादन भएको वीन्डसर ईभीलाई बुधबार सार्वजनिक गर्ने त्ययारी गरेको हो।
पारामाउण्टले वीन्डसर ईभीलाई हाल दुई भेरियन्टमा नेपाल भित्र्याएको छ । ३८ किलोवाट आवरको एलएफपी ब्याट्री प्याकमा आएको एमजी वीन्डसरमा १ सय किलोवाट क्षमताको मोटर जडान गरिएको छ । यसले एक पटकको फूल चार्जमा ३३१ किलोमिटर रेन्ज प्रदान गर्ने बताइएको छ ।
वायरलेस चार्जर, ३६० डिग्री क्यामेरा, अटोमेटिक एसी, ६ वटा एयरब्याग, टायर प्रेसर मोनिटरिङ सिस्टम जस्ता विशेषता छन् ।
पानारोमिक ग्लास रुफ, फ्लस डोर ह्याण्डल, इन्टेरियरमा ८.८ इन्चको फूल एलसीडी इन्ट्रुमेन्टल प्यानल र १५.६ इन्चको फ्लोटिङ सेन्टर कन्ट्रोल स्क्रीन र सबै एलईडी लाइट दिइएको छ ।
एमजी वीन्डसर भारतमा उत्पादनको ६ महिनामा २० हजार बढी युनिट बिक्री भएको थियो । यो कार भारतीय बजारमा सन् २०२४ को सेप्टेम्बरमा लन्च गरिएको हो ।
मुल्य नखुलाई लेखिएको न्युज अधुरो नै हुन्छ ।