Tuesday, August 11, 2026
spot_img

गरिमा सुवर्ण योजनाको इकाई आजदेखि बिक्री खुला

spot_img

गरिमा क्यापिटलले आज फागुन २८ गतेदेखि खुलामुखी सामुहिक लगानी कोष योजना (ओपन म्युचुअल फण्ड) को इकाई बिक्री खुला गरेको छ। क्यापिटलले गरिमा म्युचुअल फण्ड अन्तर्गत संचालन हुने गरिमा सुवर्ण योजना नामको ओपन म्युचुअल फण्डको इकाई निष्काशन गरेको हो ।

नेपाल धितोपत्र बोर्डले  माघ २१ गते क्यापिटललाई योजना संचालनको अनुमति दिएको थियो ।   यस योजनाको आकार १ अर्ब रहेको छ। फण्ड अन्तर्गत प्रति इकाई १० रुपैयाँको दरले १० करोड इकाई निष्काशन हुने छ।

क्यापिटलले पहिलो चरणमा ५ करोड इकाई मात्र निष्काशन गर्न लागेको हो । जस मध्ये बिज पुंजी वापत ६० लाख इकाई योजना व्यवस्थापक गरिमा क्यापिटललाई, र ९० लाख इकाई कोष प्रबर्दक गरिमा विकास बैंकलाई छुट्याईएको छ। बाँकि रहेको ३ करोड ५० लाख इकाई सर्वसाधारणलाई निष्काशन हुने छ।

यस निष्काशनमा आवेदन दिंदा न्युनतम १०० इकाई र अधिकतम ५० लाख इकाईसम्म आवेदन दिन सकिने छ।आवेदन दिंदा छिटोमा चैत्र २ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा चैत्र १२ गतेसम्म आवेदन दिन सकिने छ।

नेपाली नागरिक, गैरआवासीय नेपाली, प्रचलित कानून बमोजिम दर्ता भएका नेपाली फर्म, संघ–संस्था, बैंक, वित्तीय संस्था, बीमा कम्पनी, कुनै पनि वर्ग वा समूहले खडा गरेको कोषहरु जस्तै संचयकोष, कल्याणकारी कोष, गुठि, अक्षयकोष आदिले इकाई खरिद गर्न आवेदन दिन सक्नेछन्।

यो पनि : बिहीबारबाट निष्काशन हुँदै गरिमा सुवर्ण योजना, यस्ता छन् विशेषता

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

नाईमा एक्स्पोमा Ather 450X Overtones Series सार्वजनिक, स्टल भिजिट गर्दा स्कुटर जित्ने अवसर

वैद्य इनर्जी प्रा.लि. अन्तर्गत नेपालमा Ather Energy को आधिकारिक...

ICFC फाइनान्सद्वारा कर्णालीकी छात्रा शीता शाहीलाई शैक्षिक छात्रवृत्ति प्रदान

आइ.सि.एफ.सि. फाइनान्स लिमिटेडले कर्णाली प्रदेशबाट काठमाडौं आई जोरपाटीस्थित चामुण्डा...

मनसुन सर्भिस क्याम्प गर्दै सिजी, गाडीको निशुल्क चेकजाँच

सीजी होल्डिङ्सको अटोमोबाइल डिभिजन तथा नेपालमा सुजुकी गाडीको अधिकृत...

चेरी वान्डाका ईभी भ्यान नाइमा एक्स्पोमा, बिना धितो हायर पर्चेज सुविधा

काठमाडौंको भृकुटीमण्डपमा आजदेखि सुरु भएको नाइमा नेपाल मोबिलिटी एक्स्पो...

ग्लोबल आइएमई बैंकले ५.२५ प्रतिशत ब्याजमै ऋण दिने

ग्लोबल आइएमई बैंक लिमिटेडले नाइमा अटो एक्सपोको अवसर पारेर...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ५ निर्णय

आज साउन २६ गते बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न ५...
spot_img

This will close in 0 seconds