Wednesday, April 22, 2026
spot_img
spot_img

नाडाभित्र लफडाः युवाहरुमा वितृष्णा, विशेष साधारणसभा माग गर्ने तयारी

spot_img
spot_img

कुनै बेला कपिल सिवाकोटी र दिपक अग्रवाल नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपालको कार्य समितिमा थिए । तर, यी दूबै जना जुन जुन कम्पनीबाट नाडामा प्रतिनिधित्व गर्थे, उनीहरु दूबैले कम्पनी छोडे । नाडा स्रोतका अनुसार दूबै कम्पनीले नाडालाई पत्र पठाएर ति व्यक्ति आफ्नो कम्पनीमा नरहेको जानकारी गरायो । तर, अटोमोबाइल्स व्यवसायमै रहेका दूबै जनालाई कम्पनी छोडेकै भरमा नाडाबाट हटाउनु राम्रो हुँदैन भन्ने भएपछि उनीहरु पूरा कार्यकाल नाडामा रहे ।

विगत यति सौहार्दपूर्ण रहेको नाडामा अहिले भने भद्रगोलको अवस्था सिर्जना भएको छ । खासगरी, नाडाका वर्तमान अध्यक्ष करण चौधरीले नाडाको ४७औँ साधारणसभाबाट चुनिएका वरिष्ठ उपाध्यक्ष आकाश गोल्छालाई सदस्यमा र कार्य समिति सदस्यहरु अभिक ज्योति र निशान ढकाललाई आमन्त्रित सदस्यमा घटुवा गरिदिएपछि अहिले नाडाभित्रको तनाव उत्कर्षमा पुगेको हो ।

लामो भविष्य भएका युवाहरुमा वितृष्णा

अध्यक्षमा प्रतिस्पर्धा गर्ने तयारी गरिरहेका आकाश गोल्छाले सर्वसम्मतका लागि करण चौधरीको नाममा सहमति जनाए । अर्को पटक स्वतः अध्यक्ष बन्ने गरी वरिष्ठ उपाध्यक्षको पद पनि साधारणसबाटै सिर्जना गरियो । उक्त पदमा गोल्छा पनि सर्वसम्मत रुपमा चुनिए ।

सहमति अनुसार दूबै पक्षबाट ८/८ जना कार्य समितिमा लैजाने भनिएको थियो । मनोनितमा पनि चौधरी पक्षबाट ३ जना र गोल्छा पक्षबाट २ जना गर्ने भनिएको थियो । तर, सहमति विपरित सचिवमा चुनाव गराएर एक मतले यामुना श्रेष्ठलाई हराइयो, मनोनित सदस्यमा पनि करणले आफू पक्षधरलाई ल्याए ।

यसपछि अहिले साधारणसभाबाट भएको विधान संशोधनलाई स्थानीय प्रशासनले अस्वीकार गरेको भन्दै वरिष्ठ उपाध्यक्षलाई सदस्यमा झारिएपछि झन तनाव बढेको छ । जबकी, साधारणसभाको म्याण्डेटलाई अर्को साधारणसभाले मात्रै परिवर्तन गर्न सक्छ । तर, साधारणसभा त परैको कुरा, कार्यसमितिमा समेत छलफल नगरी एकैचोटी वेभसाइडबाट वरिष्ठ उपाध्यक्ष पद र नाम दूबै हटाएर आकाश गोल्छालाई सदस्यमा झारिएको छ ।

दुइ सदस्यहरु निशान ढकाल र अभिक ज्योतिलाई आमन्त्रित सदस्य भनिएको छ । यसबाट युवा पुस्ताले नैराश्यता व्यक्त गरेको नाडाका अधिकारीहरु बताउँछन् । ‘निशान ढकाल जस्तो ठूलो घरानाको प्रतिनिधित्व गर्ने मान्छे अहिले फ्रस्टेड देखिएका छन्’, एक जना अधिकारी भन्छन्, ‘लामो करियर भएको युवालाई यसरी हतोत्साही बनाइएको छ । जबकी, साधारणसभाबाट चुनिएको व्यक्तिलाई अमन्त्रित सदस्य भनिदिँदा उसको व्यक्तित्वमा पर्ने प्रभावको कुनै आँकलन नै गरिएन ।’

ढकालले भने सार्वजनिक रुपमा यसबारे कुनै टिप्पणी गरेका छैनन् । तर, उनलाई नजिकबाट चिन्नेहरु भने निशानले नैराश्यता व्यक्त गरिरहेको बताउँछन् ।

ज्योतिको हकमा पनि यो कुरा लागू हुने ति अधिकारी बताउँछन् । कर्पोरेट ग्रुपको विरासत धान्ने योजनाका साथ उच्च तहको अध्ययन सकेर अहिले काम गरिरहेका युवाहरुमा संस्थागत आवद्धता नै खराब हुँदोरहेछ भन्ने सन्देश प्रवाह भएको कतिपयको बुझाइ छ ।

दुइ पटक लिखित जानकारी माग गर्दा पनि वेवास्ता

अध्यक्ष चौधरीद्वारा वरिष्ठ उपाध्यक्षबाट सदस्यमा घटुवा गराइएका आकाश गोल्छाले दुइ पटक नाडामा लिखित रुपमा निवेदन दिएका छन् । तर, उनले जवाफ पाएका छैनन् । २०८२ बैशाख २१ गते उनले लिखित रुपमा निवेदन दर्ता गराएका थिए । उक्त निवेदनमा उनले भनेका छन्, ‘स्थानीय अधिकारी (प्रमुख जिल्ला अधिकारी)ले के कति कारणले नाडाको संशोधित विधानलाई स्वीकृत नगरेको हो ? कुन कानुन बमोजिम संशोधित विधान अस्वीकृत भयो ? वरिष्ठ उपाध्यक्षको व्यस्वथा गरी भएको नाडाको विधान संशोधनले कुन कानुनको कुन दफा विपरित काम ग¥यो ? विधान संशोधनलाई अस्वीकृत गर्दा स्थानीय अधिकारी (प्रमुख जिल्ला अधिकारी)बाट के कस्तो निर्णयाधार लिइयो ? सो सम्बन्धमा मुख्य सरोकारवाला व्यक्ति म निवेदकलाई तहाँ नाडाबाट केही जानकारी प्राप्त नभएको हुँदा यसमा के कसो भएको हो ? सो विषयमा सबै सत्य तथ्य खुल्ने गरी लिखित रुपमा जानकारी पाउँ ।’


तर, नाडा सचिवालयले दर्ता नम्बर १०० भनेको यस निवेदनको जवाफ उनले नपाएको बताएका छन् । जवाफ नपाएपछि गोल्छाले फेरि २०८२ जेठ २७ गते सिङ्गो केन्द्रीय कार्यसमितिलाई सम्बोधन गरेर सोही ब्यहोराको अर्को निवेदन दर्ता गराए । जसको दर्ता नम्बर ११३ छ । यसको पनि उनले जवाफ नपाएको बताएका छन् ।

दुइ दुइ पटक निवेदन दिँदा समेत जवाफ नदिनुले अध्यक्ष चौधरी कानुनी रुपमा कमजोर धरातलमा छन् भन्ने पुष्टि भएको नाडाका एक कार्यसमिति सदस्य बताउँछन् । ‘साधारणसभाले चुनेको वरिष्ठ उपाध्यक्षलाई सदस्यमा घटुवा गरिदिनु भएको छ, कार्यसमिति सदस्यहरुलाई भोटिङ राइट्स नै नहुने आमन्त्रित सदस्य बनाइदिनु भएको छ, यो कुरा कानुनः नमिल्ने कुरा हो’ ति सदस्य भन्छन्, ‘यदि कानुनी रुपमा बलियो आधारमा टेकेर उहाँले यसो गर्नु भएको हुन्थ्यो भने लिखित जवाफ माग गर्दा जवाफ दिन सकिहाल्नुहुन्थ्यो । कानुनी रुपमा कमजोर छु भन्ने भएपछि उहाँ प्रश्नदेखि भागिरहनु भएको छ ।’

नाडा सचिवालय भन्छ, ‘कार्यसमिति ठूलो भएपछि प्रशासनले विधान स्वीकार गरेन’

नाडा सचिवालयका अनुसार जिल्ला प्रशासन कार्यालयले नाडाको संशोधित विधान स्वीकार नगर्दा ‘तिमीहरुको कार्यसमिति ठूलो भयो’ भन्ने कारण देखाएको छ । जिल्ला प्रशासनले कार्यसमिति सदस्यको संख्याको सीमा तोकेको र संशोधित विधान अनुसार नाडाको कार्यसमिति उक्त सीमाभन्दा बढी भएकाले प्रशासनले विधान फर्काइदिएको नाडा सेक्रेटरी सुरेन्द्र मान प्रधान बताउँछन् ।

‘अध्यक्ष, उपाध्यक्ष ज्यूहरु, महासचिवज्यू नै जानु भएको थियो, सीडीओ कार्यालयले आफैँले कार्यसमिति सदस्यको लिमिट तोकेको रहेछ, त्यो लिमिट क्रस भयो भनेर हाम्रो संशोधन विधान लिन मानेन’ उनले भने, ‘तर, हामीले बुझ्दा कार्यसमिति यति नै हुनुपर्छ भनेर गृह मन्त्रालय वा अन्य कुनै निकायबाट कुनै सर्कुलर आएको चाहिँ देखिँदैन । सीडीओ कार्यालय आफैँले नियम बनाएको देखियो । मैले बुझेको यति हो ।’

विशेष साधारणसभा माग

अध्यक्ष चौधरीको कार्यशैलीमा प्रश्न उठाइरहेका गोल्छा सहितका पदाधिकारी तथा सदस्यहरुले विशेष साधारणसभाको माग गरेका छन् । कार्यशैली नसच्याए विशेष साधारणसभा बोलाएर चौधरीविरुद्द अविश्वासको प्रस्ताव दर्ता गराउने सम्मको तयारी असन्तुष्ट पक्षले गरेको छ ।

यसका लागि बहुमत सदस्यहरुको हस्ताक्षरसहित विशेष साधारणसभा माग गर्ने तयारी अघि बढाइएको एक अधिकारीले बताए । उनका अनुसार गोल्छासहित निवर्तमान अध्यक्ष ध्रुब थापा, उपाध्यक्ष निराकार श्रेष्ठ, सुनिल रिजाल, सञ्जय खेतान, प्रदीपमान प्रधान, यामुना श्रेष्ठ, सौरभ थापा लगायतका बहुमत सदस्यहरु विशेष साधारणसभा माग गर्नुपर्ने पक्षमा छन् ।

‘विशेष साधारणसभामा जानुपर्छ भन्ने हामीहरु स्पष्ट बहुमतमा छौँ’ ति अधिकारीले भने ।

यता, अध्यक्ष चौधरीले भने अहिलेसम्म यसबारे मुख खोलेका छैनन् । उनले समय आएपछि जवाफ दिने बताउँदै आएका छन् । यस सम्बन्धमा बुझ्नका लागि सम्पर्क गर्दा उनले फोन उठाएनन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

समस्याग्रस्त ११ सहकारीको ऋण तिर्न १५ दिने सूचना, नतिर्नेको सम्पत्ति लिलाम हुने 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त सहकारीहरूका...

राफेको उत्पादन नेपाली बजारमा भित्रियो, रिप्लेसमेन्टको सुविधा

राफे इन्टरनेशनल ट्रेडिङ (एलएलसी) का उत्पादनहरू नेपाली बजारमा भित्रिएका...

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ साउन २६ देखि, इभेन्ट व्यवस्थापक छनोट गर्न आवेदन माग

नेपाल अटोमोबाइल्स इम्पोटर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिशयन (नाइमा)ले दोस्रो संस्करणको...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ५ निर्णय

आज वैशाख ८ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ५...

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्य नियुक्त

सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्यलाई नियुक्त...
spot_img