उखु तथा चिनीमा मुलुकलाई आत्मनिर्भर बनाउने उदेश्यले भारतबाट उन्नत जातको उखु नेपाल भित्र्याइएको छ । नेपालस्थित भारतीय दूतावासले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)लाई ४ उन्नत जातको उखु हस्तान्तरण गरेको हो ।
नार्क अन्तर्गत बारा जितपुरमा रहेको राष्ट्रिय उखुबाली अनुसन्धान कार्यक्रम र भारतीय कृषि अनुसन्धान परिषद् अन्तर्गत भारतीय उखु अनुसन्धान संस्थान लखनउको सहकार्यमा उखुका नयाँ प्रजाती नेपाल ल्याइएको हो ।
भारतबाट ल्याइएका यी उखुमा चिनीको मात्रा (सुक्रोज) उच्च रहेको बताइएको छ ।









