हिम पर्वत हाइड्रोले कार्तिक ११ गतेदेखि आईपीओ निष्काशन गर्ने

spot_img
spot_img

हिम पर्वत हाइड्रोपावर लिमिटेडले कार्तिक ११ गतेदेखि पहिलो चरणको आईपीओ निष्काशन गर्ने भएको छ ।  कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले आयोजना प्रभावित दोलखा जिल्लाका बिगु र कालिन्चोक गाउँपालिकाका स्थानीयलाई १६ लाख ९० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो ।  स्थानीयले आवेदन दिंदा  न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन्। स्थानीयले छिटोमा कार्तिक २५ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा मङ्सिर १० गतेसम्म आवेदन दिन सक्ने छन्।

त्यस्तै कम्पनीले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ४ लाख २२ हजार ५ सय कित्ता शेयर निष्काशन गर्ने छ। यस समुहमा आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सकिने छ। यस निष्काशनमा कार्तिक १६ गतेसम्म आवेदन दिन सकिने छ ।

त्यसपछि कम्पनीले सर्वसाधारणलाई शेयर निष्काशन गर्ने छ । शेयर निष्काशनको लागि सिटिजन्स क्यापिटल बिक्री प्रबन्धक रहेको छ   ।

नेपाल धितोपत्र बोर्डले असोज २० गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो । कम्पनीले कुल ५९ करोड १५ लाख रुपैयाँ बराबरको ५९ लाख १५ हजार कित्ता शेयर निष्काशनको गर्ने छ।

यस कम्पनीले ५.५ मेगावाटको सागु खोला १ र २० मेगावाटको सागु खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८२ देखि विद्युत उत्पादन गरिरहेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बाढी प्रभावितले किस्ता तिर्नको लागि पाए थप समय

नेपाल राष्ट्र बैंकले भोटेकोशी तथा बुढीगण्डकी बाढी प्रभावितलाई केही...

सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत

 नेपाल विद्युत् प्राधिकरणले सङ्खुवासभा जिल्लाको उत्तरी भेगस्थित भोटखोला गाउँपालिका–३,...

तातोपानी नाका सञ्चालनको माग गर्दै चिनियाँ राजदूतलाई चिठी

नेपाल हिमालय सीमापार वाणिज्य संघले तातोपानी नाका तत्काल सञ्चालनका...

झापामा अन्तर्राष्ट्रिय ब्रान्ड ‘र्‍याडिसन होटल’ सञ्चालन हुने, ६५० भन्दा बढीलाई रोजगारी

नेपालको पूर्वी क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको आतिथ्य सेवा विस्तार गर्ने उद्देश्यसहित...

राष्ट्रपतिले जारी गरे दुई वटा अध्यादेश

राष्ट्रपति रामचन्द्र पौडेलले दुई वटा अध्यादेश जारी गरेका छन्...

आईपीओ निष्काशनको अनुमति माग गर्दै थप ४ हाइड्रोले दिए आवेदन

थप ४ वटा जलविद्युत कम्पनीहरुले आईपीओ अनुमतिका लागि आवेदन...