सिटिजन्स बैंकद्वारा तीनसय विद्यार्थीलाई न्यानो स्वेटर वितरण

spot_img

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत कर्णाली प्रदेश अन्तर्गत जुम्ला शाखाबाट पातारासी गाउँपालिका–७ स्थित रिनीमा रहेको सरस्वती माध्यमिक विद्यालयका तीन सय विद्यार्थीलाई न्यानो स्वेटर प्रदान गरेकोे छ । बैंकले जुम्ला शाखामार्फत सहयोग स्वरुप स्विटरहरु हस्तान्तरण गरेकोे हो।

बैंकका अनुसार ग्रामिण भेगका विपन्न पृष्ठभूमीका विद्यार्थीहरूलाई जाडाको समयमा विद्यालय जान सहयोग पुग्ने उद्देश्यले न्यानो स्वेटर वितरण गरिएको हो । यस पहलबाट ग्रामिण भेगका विद्यालयको शैक्षिक कार्यक्रममा सहयोग पुग्ने विश्वास बैंकले लिएको हो ।

आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने योजना रहेको जनाएको छ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६७ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ४२ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

अब गाडी दर्ता वा नामसारीका लागि आफै यातायात कार्यालयमा उपस्थित हुन नपर्ने

अब सवारी दर्ता तथा नामसारीका लागि सवारी धनी स्वयं...

जेलियोको नयाँ इलेक्ट्रिक स्कुटर नेपालमा

भारतीय स्कुटर ब्रान्ड जेलियोको नयाँ इलेक्ट्रिक स्कुटर नेपालमा औपचारिक...

ग्लोबल आइएमई बैंकलाई दुइ वटा अवार्ड

ग्लोबल आइएमई बैंक ‘फोनपे अनर्स २०८३’ अन्तर्गत दुई प्रतिष्ठित...

नेपालका लागि इन्डोनेशियाकी राजदूतलाई आइएमई ग्रुपद्वारा स्वागत

नेपालका लागि इन्डोनेशियाकी मनोनीत राजदूत लिस्ट्योवतीलाई आइएमई ग्रुपले स्वागत...

भारतबाट ल्याइयो उखुका नयाँ जात

उखु तथा चिनीमा मुलुकलाई आत्मनिर्भर बनाउने उदेश्यले भारतबाट उन्नत...

भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि निर्माण सुरु

बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले विश्व स्तरीय...