ग्लोबल आइएमई बैंकलाई दुइ वटा अवार्ड

spot_img

ग्लोबल आइएमई बैंक ‘फोनपे अनर्स २०८३’ अन्तर्गत दुई प्रतिष्ठित विधामा सम्मानित भएको छ । नेपालको डिजिटल वित्तीय भुक्तानी प्रणालीको प्रवर्द्धन तथा विकासमा पुर्‍याएको उत्कृष्ट योगदानको कदर गर्दै बैंकले यी पुरस्कार प्राप्त गरेको हो ।

बैंकले ‘हाइएस्ट फोनपे डाइरेक्ट भोलुम (इस्युअर)’ र ‘हाइएस्ट फोनपे क्यूआर भोलुम (इस्युअर)’ विधामा अवार्ड प्राप्त गरेको छ । आफ्नो मोबाइल बैंकिङ एप ‘ग्लोबल स्मार्ट प्लस’ मार्फत अन्तरबैंक रकम स्थानान्तरण (आईबिएफटी) र फोनपे क्यूआर कारोबारमा ग्राहकहरूलाई सहज भुक्तानी सेवा उपलब्ध गराउँदै सबैभन्दा बढी कारोबार गर्न सफल भएकाले बैंकलाई यी दुई विधामा पुरस्कृत गरिएको जनाइएको छ ।

ग्राहकलाई सुरक्षित, भरपर्दो र प्रभावकारी डिजिटल वित्तीय सेवा उपलब्ध गराउँदै डिजिटल भुक्तानी प्रणालीलाई व्यापक बनाउन बैंकले खेलेको भूमिकाको कदरस्वरूप यो सम्मान प्राप्त भएको बैंकले उल्लेख गरेको छ । ग्राहकहरूले बैंकको मोबाइल बैंकिङ एपमार्फत सहजै खाताबाट रकम स्थानान्तरण तथा क्यूआरमार्फत भुक्तानी गर्न सक्ने व्यवस्था मिलाइएको छ।

डिजिटल बैंकिङ प्रणालीप्रति ग्राहकहरूको बढ्दो आकर्षण र बैंकको ग्राहककेन्द्रित नवप्रवर्तनकारी सेवाकै कारण यो उपलब्धि सम्भव भएको बताइएको छ । बैंकले आगामी दिनमा पनि डिजिटल रूपान्तरण, वित्तीय समावेशीकरण र विद्युतीय भुक्तानी पूर्वाधार विस्तारलाई प्राथमिकता दिँदै नगदरहित ९क्यासलेस० कारोबारलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

अब गाडी दर्ता वा नामसारीका लागि आफै यातायात कार्यालयमा उपस्थित हुन नपर्ने

अब सवारी दर्ता तथा नामसारीका लागि सवारी धनी स्वयं...

जेलियोको नयाँ इलेक्ट्रिक स्कुटर नेपालमा

भारतीय स्कुटर ब्रान्ड जेलियोको नयाँ इलेक्ट्रिक स्कुटर नेपालमा औपचारिक...

नेपालका लागि इन्डोनेशियाकी राजदूतलाई आइएमई ग्रुपद्वारा स्वागत

नेपालका लागि इन्डोनेशियाकी मनोनीत राजदूत लिस्ट्योवतीलाई आइएमई ग्रुपले स्वागत...

भारतबाट ल्याइयो उखुका नयाँ जात

उखु तथा चिनीमा मुलुकलाई आत्मनिर्भर बनाउने उदेश्यले भारतबाट उन्नत...

भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि निर्माण सुरु

बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले विश्व स्तरीय...

 सिटिजन्स बैंकद्वारा तीनसय विद्यार्थीलाई न्यानो स्वेटर वितरण

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत...