कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गहुँ र चैते धानको समर्थन मूल्य तोकेको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीको निर्देशमा मन्त्रालयले गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको मन्त्री चौधरीको सचिवालयले जनाएको छ ।
चालु आर्थिक वर्षमा गहुँको मूल्य प्रतिक्विन्टल २ हजार ८५६ रुपैयाँ ४९ पैसा र धानको मूल्य ३ हजार ९४५ रुपैयाँ निर्धारण गरिएको छ।
गत वर्षको तुलनामा गहुँको मूल्य प्रतिक्विटल ७७ रुपैयाँ ६२ पैसा र चैते धानको मूल्य प्रतिक्विटल ५५ रुपैयाँ ८ पैसा बढाइएको हो ।
सरकारले किसानलाई उचित मूल्य सुनिश्चित गर्न र उत्पादन वृद्धि प्रोत्साहन गर्न न्यूनतम समर्थन मूल्य निर्धारण गर्दै आएको छ ।













