Tuesday, August 25, 2026
spot_img
spot_img

मुलुकको अन्नभण्डार तराई मधेशमा आधुनिक कृषिको जग बसाल्दै ‘स्वस्तिक एग्रो’ (भिडियो)

spot_img

नेपाली समाज आज पनि कृषिमा निर्भर छ । तर, निर्वाहमुखी कृषिबाट व्यवसायिक कृषितर्फको यात्रा भने अझै पनि सुस्त नै देखिन्छ । यसर्थ, मुलुकको अन्नभण्डार तराई मधेशमा आधुनिक कृषिको जग बसाल्दै सिङ्गो नेपालमा उदाहरण प्रस्तुत गर्ने उदेश्यले ‘स्वस्तिक एग्रो इन्डष्ट्रिज’को स्थापना भएको छ ।

आधुनिक कृषिमार्फत सबल अर्थतन्त्र निर्माणमा योगदान दिने उदेश्यले २०७९ सालमा स्थापना भएको ‘स्वस्तिक एग्रो इन्डष्ट्रिज’ले अहिले आधुनिक फार्म बनाएर गाइ पालन गरिरहेको छ । जहाँबाट उत्पादन भएको दैनिक ३ सय लिटर दूध बजारमा पुगिरहेको छ ।

स्वस्तिक एग्रोले फार्ममा रहेका गाईको स्वास्थ्यलाई विशेष प्राथमिकता दिन्छ । ज्वरो नाप्ने, नुहाउने मात्रै नभई दूध दुहुनासाथ गाईको थुनमा ‘एन्टि सेफ्टिक’ लगाइन्छ, जसले थुनिलो हुनबाट बचाउँछ । यदि हेरचाह गर्दागर्दै पनि कुनै गाई बिरामी भइहालेमा त्यसलाई तत्कालै समूहबाट अलग गराएर छुट्टै क्वारेन्टाइनमा राखिन्छ र उपचार गरिन्छ । निको भएपछि मात्रै पुनः समूहमा फर्काइन्छ ।

मधेशमा अधिक गर्मी हुने भएकाले त्यसबाट गाईलाई बचाउन फार्ममा पङ्खा जडान गरिएको छ ।

कम्पनीले गाईको गोबरलाई खेर जान नदिई मल बनाएर घाँस खेतीमा उपयोग गरिरहेको छ । डेढ बिगाहा जमिनमा कम्पनीले नै घाँस खेती पनि गरिरहेको छ । यदि, आफ्नो घाँस खेतीमा प्रयोग गर्दा पनि मल बढी भएमा आसपासका किसानलाई बिक्री गरिन्छ ।

विभिन्न प्रजातीका गाईले भरिएको फार्ममा प्राविधिसहित २४सैँ घण्टा कामदारहरु खटिन्छन् । कम्पनीले भविष्यमा १०० वटा गाई पु¥याउने लक्ष्य लिएको छ ।

आर्थिक वर्ष २०८१/०८२ मा करिब १० लाख हाराहारी नाफा आर्जन गरिसकेको कम्पनी जम्मा ७ जना प्रोमोटर सेयरधनीको लगानीबाट सुरु भएको हो । जहाँ अहिले २७ जना लगानीकर्ता पुगिसेका छन् । २ वर्षमा पूँजी बढाएर २७ करोड पु¥याउने कम्पनीको लक्ष्य छ । उत्पादन क्षमता पनि अहिलेको तुलनामा ३ गुणा बढाउने कम्पनीको लक्ष्य छ ।

यति मात्रै होइन, कम्पनीका अध्यक्ष सत्यनारायण झाका अनुसार दूध उत्पादन र प्याकेजिङदेखि दूधजन्य धेरै परिकार बनाएर बजारमा पठाउने कम्पनीको योजना छ । अध्यक्ष झाका अनुसार उत्पादनहरु आफ्नै ब्राण्डमा बजार पठाइनेछ । साथै, निकट भविष्यमै कम्पनीले सर्वसाधारण लगानीकर्तामा आईपीओ निष्काशनसमेत गर्दैछ । जसका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङसँग सम्झौता पनि भइसकेको छ ।

साथै, कम्पनी किन स्थापना भयो ? कम्पनीको लक्ष्य के हो ? कम्पनीको भविष्यका योजना के कस्ता छन् ? भन्ने विषयमा जानकारी दिन कम्पनीले एउटा भिडियो सामग्री पनि तयार पारेको छ ।

भिडियो हेर्नुहोस्ः

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

अपर हेवाखोलाले पायो हकप्रद निष्काशनको पूर्व स्वीकृति, घट्यो अनुपात

अपर हेवाखोला हाइड्रोपावर कम्पनीले हकप्रद निष्काशनको लागि विद्युत नियमन...

घट्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला...

व्हाइट फेदर्सको अफर: EMI मै गहना, डायमण्डमा ५५ प्रतिशत छुटदेखि १ किलो चाँदी जित्ने अवसर

काठमाडौँको खिचापोखरीस्थित व्हाइट फेदर्स ज्वेलरीले सुन, चाँदी र हिराका...

‘सेटलमेन्टमा समस्या आउनासाथ ब्रोकरलाई निलम्बन गर्नुहुन्न’

पछिल्लो समय शेयरबजार निरन्तर ओरालो लागिरहेको छ। बैंकको ब्याजदर...

सुपर मादी हाइड्रोपावरको लाभांश घोषणा

सुपर मादी हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको...

बेनी हाइड्रोपावरले भदौ २२ देखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने

बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि आईपीओ निष्काशन...