Friday, January 23, 2026
spot_img

कृषि उत्पादन बढाउन नवीकरणीय ऊर्जा प्रयोग गर्नुपर्नेमा विज्ञहरूको जोड

spot_img
spot_img

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र (एईपीसी) र नेपाल नविकरणीय उर्जा परिसंघ (रिकन) ले आइतबार एकाइसौँ राष्ट्रिय धान दिवसको अवसरमा नवीकरणीय ऊर्जा र कृषिका लागि ऊर्जा दक्षता भन्ने विषयवस्तुमा छलफल कार्यक्रम आयोजना गरेको छ ।

अधिकांश नेपाली जनताको मुख्य खाद्यान्नको रुपमा रहेको धान रोप्ने मध्य समय आषाढ १५ लाई मानिन्छ । त्यस दिन उत्सवकै रुपमा धान रोप्ने, विशेष लोक भाकाको गीत गाउने र दहि च्युरा खाने गरिन्छ ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सभा कक्षमा आयोजित कार्यक्रममा ऊर्जा विज्ञ, सरकारी अधिकारीहरु र वैकल्पिक उर्जा प्रवद्र्धनमा सक्रिय निजी क्षेत्रका उद्यमीलगायतका वक्ताहरुले कृषि क्षेत्रमा नवीकरणीय उर्जा र उर्जा दक्षता प्रविधिको एकीकरण गरी उत्पादकत्व र दिगोपनामा जोड दिनुपर्ने बताएका छन् । आयातित खाद्य पदार्थमा निर्भरता घटाउन र खाद्य सुरक्षा सुनिश्चित गर्न नवीकरणीय ऊर्जा प्रविधिको प्रयोग र ऊर्जा दक्षता महत्वपूर्ण रहेको उनीहरुको निष्कर्ष थियो ।

केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले भने, ‘कृषि क्षेत्रमा नवीकरणीय उर्जाको प्रयोग बढाउने तथा ऊर्जा दक्षताका उपाय खोज्न निरन्तर छलफल र विचार विमर्श गरिनु आवश्यक छ । नवीकरणीय उर्जालाई सिँचाइ र बाली व्यवस्थापन बाहेक कृषि उत्पादन ढुवानी र लामो समयसम्म भण्डारण गर्न पनि प्रयोग गर्न सकिन्छ ।’ उनले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता ऐन ल्याउन नेपाल सरकारबाट आवश्यक तयारी भइरहेको र यस सम्बन्धी समस्यालाई सम्बोधन गर्न संसदको चलिरहेको बैठकमा यससम्बन्धी विधेयकमाथि छलफल भइरहेको पनि उल्लेख गरे ।

नवीकरणीय ऊर्जा परिसंघ नेपाल (रिकन) का अध्यक्ष गुणराज ढकालले नेपालको कृषि क्षेत्रको उत्पादकत्व बढाउन नवीकरणीय ऊर्जा प्रविधिको प्रयोगको महत्वबारे प्रकाश पारेका थिए । यसैगरी कृषिका लागि नविकरणीय उर्जा प्रविधिका संवन्धमा केन्द्र र परिसंघको सहकार्य अपरिहार्य भएको उल्लेख गरेका थिए ।

केन्द्रका उपनिर्देशक शुभलक्ष्मी श्रेष्ठले कृषिका लागि नविकरणीय ऊर्जा प्रविधि उपयोग गर्न तथा ऊर्जा दक्षताका उपायहरुका लागि केन्द्रले उल्लेखनीय योगदान गर्दै आएको र निजी क्षेत्रका साथ सहकार्य गर्दै कृषि क्षेत्रमा प्रभावकारी कार्यक्रमहरु सञ्चालन गबताईन् ।

उक्तः अवसरमा शेखर अर्याल, सुशील ज्ञवाली, के. आर खनाल, डा. शान्तिकला सुवेदी, सुनिता न्हेमफुकी, सुहृद चापागाईंले पनि मन्तव्य राखेका थिए ।

कार्यक्रमको समापनमा पूर्व विज्ञान तथा प्रविधि मन्त्री गणेश शाहले संवन्धित निकायहरुले प्रदेश तथा स्थानिय स्तरमा पनि कृषिका लागि नविकरणीय उर्जा प्रविधि तथा ऊर्जा दक्षता संवन्धि क्षमता अभिवृद्धि र सचेतनाका लागि परिचयात्मक कार्यक्रमहरु सञ्चालन गर्नु उपयुक्त हुने विचार व्यक्त गरे ।

उक्त छलफल कार्यक्रममा इमीबाट शिशिर श्रेष्ठ, प्राक्टिकल एक्सन बाट मिन बिक्रम मल्ल तथा एग्रडाइरेक्टका सुबास श्रेष्ठले सिँचाइका लागि सौर्य ऊर्जाको प्रयोग, नवीकरणीय ऊर्जा प्रविधिको प्रयोग र ऊर्जा दक्षताका विषयमा प्रस्तुति दिएका थिए ।

प्रस्तुति दिनेहरुका अनुसार कृषिलाई जलवायु मैत्री तुल्याउन वातावरणीय सन्तुलनका पक्षहरुमा गम्भीर भै कृषि उत्पादन गर्ने प्रविधिको अभ्यास गर्नु हो । यसका लागि सिंचाइमा दक्षता बढाउने र पानीको खपत घटाउने, जैविक खेतीः रासायनिक मल र विषादीको सट्टा जैविक मल र जैविक कीटनाशकको प्रयोग गर्ने, माटोको उर्वरा शक्ति संरक्षण गर्न र भूक्षयलाई रोक्ने, एकै ठाउँमा माटोमा पोषण तत्वहरूको सन्तुलन कायम राख्ने खालका विभिन्न प्रकारका बाली लगाउने, नवीकरणीय ऊर्जा प्रयोगः सौर्य ऊर्जा, वायु ऊर्जा, लघु जलविधुत, बायोग्यास जस्ता नवीकरणीय ऊर्जा स्रोतहरूको उपयोग गर्ने, ऊर्जा दक्षताका उपायहरु अपनाउने, स्थानीय वातावरणमा अनुकूलित भएका र राम्रो उत्पादन हुने स्थानीय जातका बीऊ प्रयोग गर्ने उपायहरुलाई अवलंवलन गर्नु उपयुक्त हुन्छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

चुनाव आउन ४१ दिन बाँकी, उम्मेदवारहरुले आज निर्वाचन चिह्न पाउने

प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो १ः००...

नेपाल लाइफ समृद्धि लगानी योजनाको इकाईमा आवेदन दिने आज अन्तिम दिन

नेपाल लाइफ क्यापिटलले निष्काशन गरेको सामुहिक लगानी कोष योजनाको...

पाल्पा सिमेन्टको वैदेशिक रोजगारी कोटाको आईपीओ आज बाँडफाँड हुँदै

पाल्पा सिमेन्टले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरेको आईपीओ...

वैदेशिक रोजगारीमा रहेकाले शिखर पावरको आईपीओ भर्ने आज अन्तिम दिन

शिखर पावर डेभलपमेन्ट लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन...

५० मेगावाटको मर्स्याङ्दीवेसी जलविद्युत आयोजनाको अवरोध हट्यो, अब निर्माण सुरु हुने

लमजुङ जिल्लाका सबै राजनीतिक दलहरु ५० मेगावाट क्षमताको मर्स्याङ्दी...

SML ISUZU ब्राण्डका कमर्शियल सवारी साधन खरिद गर्दा रिलायन्स फाइनान्सले ऋण दिने

नेपालमा SML ISUZU ब्राण्डका कमर्शियल सवारी साधनहरूको एकमात्र वितरक...
spot_img
spot_img