Thursday, July 16, 2026
spot_img

बजेटको मुखैमा ईभीले भरिए भन्सार, खनाल आयोगको प्रतिवेदनले पनि झस्किए व्यवसायी

spot_img

आगामी आर्थिक वर्षको बजेटबाट सरकारले विद्युतीय गाडीमा कर बढाउने करिब करिब पक्का भएसँगै व्यवसायीहरुले गाडी आयात बढाएका छन् । बजेटमार्फत भन्सार महशुल र अन्त:शुल्क बढाएर ईभीको न्यूनतम् कर ४० प्रतिशत हाराहारी पुर्‍याउन लागिएको चर्चाका बीच व्यवसायीहरुले गाडी आयात बढाएका हुन् ।

चालु आर्थिक वर्षको बैशाख महिनामा मात्रै १ हजार ८ सय ९६ युनिट ईभी नेपाल भित्रिएका छन् । गत वर्ष बैशाखमा १ हजार सय युनिट ईभी नेपाल ल्याइएको थियो । चालु आर्थिक वर्षको बैशाख मसान्तसम्म २१ अर्ब ५७ करोड रूपैयाँ बराबरका ९ हजार ८ सय ७७ युनिट ईभी आयात भइसकेको भन्सारको तथ्यांक छ ।

जेठ महिनामा आयात झन बढ्ने देखिएको छ । अहिले ५१ देखि १ सय किलोवाट क्षमताका ईभीको आयात बढेको देखिएको छ । जसका कारण रसुवागढी र तातोपानी भन्सार कार्यालयका यार्ड मात्रै नभई काठमाडौँस्थित चोभारको सुख्खा बन्दरगाह पनि विद्युतीय गाडीले भरिएको छ ।

रसुवागढी र तातोपानी नाका हुँदै व्यवसायीले भित्र्याएका ईभी गाडी अहिले भन्सार जाँचपासका लागि चोभारमा थुपारिएका हुन् । बजेटको पूर्वसन्ध्यामा भन्सार जाँचपासका लागि व्यवसायीहरुले गाडी ल्याएको र अहिले चोभार सुक्खा बन्दरगाहमा मात्रै ९५० युनिटभन्दा बढी विद्युतीय सवारी साधन आइपुगेका छन् । नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेललका अनुसार रसुवा र तातोपानी नाकामा पनि १ हजार युनिटभन्दा बढी ईभी राखिएका छन् ।

खनाल आयोगको प्रतिवेदनले पनि व्यवसायी झस्किए

अहिले अटोमोबाइल्स व्यवसायीहरु सरकारले ईभीमा कर बढाउँछ भन्ने निचोडमा पुगेर धमाधम गाडी भित्र्याइरहेका छन् । सँगै, उनीहरुलाई पूर्वसचिव रामेश्वर खनाल नेतृत्वको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदनले पनि झस्काएको पाइएको छ ।

खनाल आयोगले इन्धन गाडी र विद्युतीय गाडीमा कर समायोजन गर्न तथा कार्बन उत्सर्जन गर्ने खालका सवारी साधनमा हरित कर लगाउन सुझाव दिएको छ ।

खनाल आयोगको सुझाव:

चैत २९ गते खनाल आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्दै जाने सरकारको तयारी छ । यसका लागि प्रधानमन्त्री कार्यालयका सचिवको नेतृत्वमा ३ सचिवले कार्ययोजना बनाउँदैछन् । यसकारण खनाल आयोगको सुझाव कार्यान्वयन हुँदै जाँदा ईभीको कर बढ्दै जाने व्यवसायीहरुको अनुमान छ ।

 

त्यसो त, अर्थमन्त्री विष्णु पौडेल स्वयंले पनि सर्वजनिक रुपमै ईभीमा कर बढ्ने प्रष्ट संकेत गरिसकेका छन् । तर, उनले अहिलेको तुलनामा ईभीमा करका दरहरु ठूलो मात्रामा हेरफेर नहुने भन्दै धान्न सकिने जति मात्रै कर बढाइने स्पष्ट पारिसकेका छन् ।

जसका कारण व्यवसायीहरुले गत वर्षको बैशाख–जेठको भन्दा यसपालीको बैशाख जेठमा बढी ईभी गाडी भित्र्याउन थालेका हुन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

ढल्केवरबाट निर्यात हुने बिजुली ११०० बाट बढाएर १६५० मेगावाट पुर्याउन नेपाल-भारत सहमत

ढल्केवरबाट निर्यात हुने बिजुली ११०० बाट बढाएर १६५० मेगावाट...

नेप्सेको पुनर्संचरना कार्य तदारुकताका साथ अगाडि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन

प्रतिनिधिसभाको अर्थ समितिले नेप्सेको पुनर्संचरना कार्य तदारुकताका साथ अगाडि...

सरकारले युएनडीपीसँग विकास सहकार्य चाहेको छ: अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बदलिँदो प्राथमिकता र आवश्यकताका आधारमा...

काठमाडौँमा अस्तव्यस्त रूपमा झुण्डिएका तार व्यवस्थापन गरिँदै

काठमाडौँ उपत्यकामा वर्षौंदेखि अस्तव्यस्त रूपमा झुण्डिएका विद्युत्, दूरसञ्चार तथा...

प्रधानमन्त्री शाह र होटेल संघका पदाधिकारीबीच छलफल, पीपीपी मोडलमा काम गर्न आग्रह

प्रधानमन्त्री वालेन्द्र शाहले नेपालको पर्यटन प्रवद्र्धनमा द्रुत गतिमा काम...

कालो सिसाको फण्डाले रोकियो नयाँ गाडीको दर्ता: असारमै व्यवसायीलाई सकस, जरिवानाको जोखिम

यातायात कार्यालयले कालो सिसा भएका नयाँ सवारी साधनको दर्ता...
spot_img