युनिक नेपाल लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। जस अनुसार यस अवधिमा कम्पनीको खुद नाफा ७४.८४ प्रतिशतले घटेको छ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ७९ लाख ७७ हजार खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ३ करोड १७ लाख थियो । यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १५ करोड ८० लाखबाट घटेर १२ करोड ४३ लाखमा सिमित भएको छ । कम्पनीको खुद फि तथा कमिशन आम्दानी पनि ९५ लाख ८२ हजारबाट घटेर ६९ लाख ७३ हजारमा सिमित भएको छ । कम्पनीले इम्पेयरमेन्ट चार्ज अन्तर्गत छुट्याएको रकम २ करोड ६ लाखबाट बढेर २ करोड ८८ लाख पुगेको छ।
कम्पनीको प्रति शेयर आम्दानी ८५.४७ रुपैयाँबाट घटेर २१.४ रुपैयाँ पुगेको छ । कम्पनीको प्रति शेयर नेटवर्थ ३३९.६८ रुपैयाँ रहेको छ । कम्पनीको खराब कर्जा १०.८२ प्रतिशतबाट बढेर १५.७९ प्रतिशत पुगेको छ ।
१४ करोड ८५ लाख चुक्ता पुंजी रहेको कम्पनीको रिजर्भमा १७ करोड ४४ लाख रहेको छ।












