ग्रामिण विकास लघुवित्तले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रकाशित विवरण अनुसार यस अवधिमा कम्पनीको खुद नाफा ३०.५ प्रतिशतले बढेको छ।
समीक्षा अवधिमा कम्पनीले ८ करोड ७९ लाख खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ६ करोड ७३ लाख मात्रै थियो । कम्पनीको संचालन मुनाफा १३ करोड ७८ लाखबाट बढेर १५ करोड ४ लाख पुगेको छ।
यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी २५ करोड ६८ लाखबाट बढेर ३२ करोड २२ लाख पुगेको छ। कम्पनीको खुद फि तथा कमिशन आम्दानी ८५ लाख १९ हजारबाट बढेर ३ करोड ३ लाख पुगेको छ। साथै कम्पनीले इम्पेयरमेन्ट चार्ज अन्तर्गत छुट्याएको रकम १० करोड ३९ लाखबाट घटेर २ करोड १ लाखमा सिमित भएको छ। यी कारण कम्पनीको खुद नाफा बढेको देखिन्छ । खुद नाफा बढेपनि कम्पनीको वितरण योग्य मुनाफा भने ३० करोड २८ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।
कम्पनीको खरान कर्जा ११.५ प्रतिशतबाट घटेर ४.७८ प्रतिशतमा झरेको छ। यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी (वार्षिक) ३५.८० रुपैयाँ तथा प्रति शेयर नेटवर्थ २५४.८८ रुपैयाँ रहेको छ।