Friday, May 23, 2025
spot_img

सिवाईसी नेपाल लघुवित्तको सीईओमा डोलिन्द्र प्रसाद शर्मा

spot_img

सिवाईसी नेपाल लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा डोलिन्द्र प्रसाद शर्मा नियुक्त भएका छन् । कम्पनीको साउन २३ गते बसेको संचालक समितिको बैठकले उनलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।

उनलाई साउन २४ देखि लागु हुने गरि सीइओ नियुक्त गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार उनको कार्यकाल ४ वर्षको रहने छ ।

बैक तथा वित्तिय संस्था सम्वन्धि ऐन २०७३ को दफा २९ को १, नेपाल राष्ट्र बैकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त लघुवित्त वित्तिय संस्थालाई जारी गरिएको एकिकृत निर्दशन २०७९ को निर्देशन नं. ६।०७९ को दफा ३ कार्यकारी प्रमुखको नियुक्ति सम्वन्धी व्यवस्था तथा सिवाईसी नेपाल लघुवित्त वित्तिय संस्था लिमिटेडको नियमावली २०७५ को दफा ३६ साथै मिति २०७४।८।२७ गते नेपाल राष्ट्र बैकबाट जारी गरेको प्रमुख कार्यकारी अधिकृत र संचालक सदस्यहरु नियुक्ति सम्वन्धि व्यवस्था वमोजिम उनलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्ति गर्ने सर्वसम्मत निर्णय भएको कम्पनीले उल्लेख अग्रेको छ।

यस अघि शर्मा कम्पनीको प्रबन्ध संचालक भूमिकामा थिए । तर राष्ट्र बैंकले एकै व्यक्ति संचालक र व्यवस्थापनमा हुन नसक्ने भन्दै एक मात्र पद लिन निर्देशन दिएपछि उनले प्रबन्ध संचालकबाट राजीनामा दिएका थिए । पछि उनले संचालकबाट पनि राजीनामा दिए थिए । अब भने उनी सीइओमा नियुक्त भएका हुन् ।

spot_img

- Advertisement -

spot_img
spot_img

सान्भी इनर्जी लिमिटेडको आईपीओ आजदेखि

सान्भी इनर्जी लिमिटेडले आज जेठ ९ गतेबाट सर्वसाधारणका लागि...

सर्वाधिक बिजुली प्रयोग गर्ने र नियमित महशुल तिर्ने ग्राहकलाई विद्युत प्राधिकरणको सम्मान

नेपाल विद्युत प्राधिकरणले उल्लेख्य मात्रामा विद्दुत खपत गर्ने र...

बैंकर्स संघले भेट्यो नवनियुक्त गभर्नर

नेपाल बैंकर्स संघले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा....

आईएमई लाइफका बिमित, अभिकर्ता र कमर्चारीलाई रोजगारमुखी तालिममा ५० प्रतिशतसम्म छुट

आईएमई लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता तथा कर्मचारीहरुले काठमाडौँ टेक्निकल...

चामल, तेल र दाल उद्योगलाई करमा सहुलियत प्रदान गर्न उद्योगीको माग

नेपाल चामल, तेल, दाल उद्योग संघले दैनिक उपभोग्य वस्तु...

नबिल बैंकको मोबाइल बैंकिङ एपमार्फत ‘हाम्रो पे’ वालेटमा पैसा लोड गर्न सकिने

मोबाइल एप हाम्रो पात्रोको डिजिटल वालेट ‘हाम्रो पे’ र...
spot_img