Tuesday, August 18, 2026
spot_img

सूर्योदय वोमी लघुवित्तको एफपीओ बाँडफाँड, ९ जनाले पाए ११ कित्ता शेयर

spot_img

सूर्योदय वोमी लघुवित्तले निष्काशन गरेको एफपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक कुमारी क्यापिटलले आज बुधबार बिहान ८ बजे क्यापिटल कै कार्यालयमा शेयर बाँडफाँड गरेको हो।

क्यापिटलका अनुसार एफपीओमा १५ लाख ६४ हजार  ४ सय २३ जनाको आवेदन परेको थियो । जस मध्ये ११ सय १ जनाको आवेदन रद्द भई १५ लाख ६३ हजार ३ सय २२ जनाको आवेदन मात्र योग्य भएको क्यापिटलले जनाएको छ ।

क्यापिटलका अनुसार एफपीओमा ४७३.५३ गुणा बढीको आवेदन परेको थियो।  माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ। जस मध्ये ४ हजार ६ सय ७२ जनाले मात्र शेयर पाएका छन् भने अन्य आवेदक हात खाली भएका छन्। शेयर पाएका ४ हजार ६ सय ७२ जना मध्ये ९ जनाले ११ कित्ता शेयर पाएका छन् भने एक जनाले १०.५४५ कित्ता शेयर पाएका छन् । बाँकिले १० कित्ता शेयर पाएका छन् । एफपीओ नतिजा केहि समयमा प्रकाशन हुने छ।

कम्पनीले साउन ४ गतेदेखि एफपीओ बिक्री खुला गरेको हो। कम्पनीले सर्वसाधारणलाई ४६ लाख ७२ हजार ९ सय ५४ रुपैयाँ ५० पैसा बराबरको ४६ हजार ७ सय २९ दशमलव ५४५० कित्ता एफपीओ निष्काशन गरेको हो ।  आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम एक हजार कित्ताको लागि आवेदन दिन सकिने व्यवस्था थियो। कम्पनीले अंकित मूल्य रु १०० मै एफपीओ निष्काशन गरेको हो ।

साविकको सूर्योदय लघुवित्त वित्तीय र वोमी लघुवित्त मर्ज भई सूर्योदय वोमी लघुवित्त बनेको थियो । संस्थाको कुल चुक्ता पूँजी  एकानब्बे करोड सात लाख बयासी हजार पाँच सय आठ रुपैयाँमा संस्थाको पूँजी संरचना संस्थापक शेयरको हिस्सा ७०.३६ प्रतिशत रहेको र सर्वसाधारण समूहको शेयर हिस्सा २९.६४ प्रतिशत रहेकोले सर्वसाधारण तर्फको हिस्सा बढाई ३० प्रतिशत पुयाउनका लागि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र नेपाल राष्ट्र बैंकले एक आपसमा गाभ्ने/गाभिने (मर्जर) का लागि अन्तिम स्वीकृति पत्र प्रदान गर्दा दिएको निर्देशन बमोजिम कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने हुँदा कम्पनीले एफपीओ निष्काशन गरेको हो ।

एफपीओ प्राप्त गर्ने लगानीकर्ताले पनि सूर्योदय वोमी लघुवित्तको लाभांश पाउने छन् । कम्पनीको साउन १० गते बसेको संचालक समितिको बैठकले एफपीओ प्राप्त गर्ने लगानीकर्तालाई पनि आर्थिक वर्ष २०७९/८० को लाभांश दिने निर्णय गरेको हो ।

यस सँगै कम्पनीले यस अघि घोषणा गरेको लाभांश दर केही घटेको छ । कम्पनीले यस अघि १४.०७७ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेकोमा अब भने एफपीओ शेयरलाई पनि समावेश गरेर लाभांश दिने भएपछि बोनस दर १४.००५१४३ प्रतिशत कायम भएको छ। कम्पनीको एफपीओ बाँडफांड भने हुन बाँकी छ।

कम्पनीले लाभांश लगायतका प्रस्ताव पारित गर्न साउन ३२ गते शुक्रबार ललितपुरको लुभु स्थित लुभु पार्टी प्यालेसमा साधारणसभा आह्वान गरेको छ। कम्पनीले साधारणसभा प्रयोजनको लागि साउन २४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। साउन २३ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

यो पनि : यी ३ तरिकाबाट हेर्न सकिन्छ सूर्योदय वोमी लघुवित्तको एफपीओ नतिजा

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना चयन

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना चयन भएका...

जापानमा HiLife का नेपाली उत्पादनको शुभारम्भ

नेपालमा उत्पादित HiLife Foods and Agro Industries Limited का...

विश्वकै पहिलो रोबोटिक स्मार्टफोन सार्वजनिक, 4DoF मेकानिकल गिम्बल

विश्वकै अग्रणी AI डिभाइस इकोसिस्टम कम्पनी HONOR ले बहुप्रतीक्षित...

भदौ ९ देखि नाडा अटो शो हुँदै: २०० बढी स्टल रहने, २ लाखले अवलोकन गर्ने अनुमान

नाडा अटोमोबाइल प्रदर्शनीको अठारौं संस्करणको नाडा अटो शो २०२६...

इन्डोनेसियाको ८१औं स्वतन्त्रता दिवसको अवसरमा काठमाडौंमा झण्डोत्तोलन

नेपालका लागि गणतन्त्र इन्डोनेसियाको अवैतनिक वाणिज्य दूतको कार्यालयले आइएमई...

करदाता प्रोत्साहन कार्यक्रम: आज पुरस्कार घोषणा हुँदै, यस अघि जितेकाले आजै पैसा पाउने

करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार आज...
spot_img