Tuesday, August 18, 2026
spot_img

लघुवित्तले मुनाफाबाट ग्राहक संरक्षण कोषमा राख्नु पर्ने रकममा नयाँ व्यवस्था

spot_img

नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुको लागि २८ बुँदे एकिकृत निर्देशन जारी गरेको छ। राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले आज साउन १३ गते आइतबार एकिकृत निर्देशन जारी गरेको हो।

नयाँ निर्देशनले लघुवित्तले मुनाफाबाट ग्राहक संरक्षण कोषमा राख्नु पर्ने रकममा नयाँ व्यवस्था गरेको छ। जस अनुसार अब लघुवित्तले ग्राहक संरक्षण कोषमा २०८२ असारको मुनाफाबाट १.५ प्रतिशत, २०८३ असारको मुनाफाबाट २ प्रतिशत र २०८४ असारको मुनाफाबाट ३ प्रतिशत रकम छुट्याउनु पर्ने भएको छ। यस अघि खुद मुनाफाको १ प्रतिशत रकम मात्र ग्राहक संरक्षण कोषमा राखे हुने व्यवस्था थियो । यस्तो रकम ऋणीहरुको हितमा खर्च गर्नु पर्छ ।

नयाँ निर्देशन अनुसार अब ऋणीलाई अधिकतम २ वटा लघुवित्त वित्तीय संस्थाले कर्जा प्रवाह गर्न सक्नेछन्।  यस अघि एक ऋणीलाई एक लघुवित्तले मात्र कर्जा प्रवाह गर्न सक्ने व्यवस्था थियो ।

त्यस्तै निर्देशनले नियतपूर्वक ऋण नतिर्ने ऋणीहरु र परिस्थितिवशः ऋण नतिर्ने ऋणीहरुको परिभाषा समेत दिएको छ । त्यस्तै लघुवित्त वित्तीय संस्थाले प्रत्येक आर्थिक वर्षका लागि मौद्रिक नीतिमा उल्लिखित व्यवस्थालाई समेत मध्यनजर गरी निक्षेप दायित्व तथा कर्जा सापट सहितको वार्षिक कार्ययोजना संचालक समितिबाट स्वीकृत गराई हरेक आर्थिक वर्षको साउन मसान्तभित्र राष्ट्र बैंकको लघुवित्त वित्तीय संस्था सुपरिवेक्षण विभागसमक्ष अनिवार्य रुपमा पेश गर्नुपर्नेछ । साथै, उक्त
कार्ययोजना कार्यान्वयनगको अनुगमनका सम्बन्धमा सम्बन्धित लघुवित्त वित्तीय संस्थाको संचालक समितिले त्रैमासिक समीक्षा गरी त्रयमास समाप्त भएको ३५ दिन भित्र राष्ट्र बैंकको लघुवित्त वित्तीय संस्था सुपरिवेक्षण विभागमा पेश गर्नुपर्नेछ । राष्ट्र बैंकबाट लघुवित्त वित्तीय संस्थाको सुपरिवेक्षणका क्रममा सो कार्ययोजनालाई सम्बन्धित लघुवित्त वित्तीय संस्थाको अनुगमनको आधारको रुपमा लिइने निर्देशनमा उल्लेख छ।

यहाँ क्लिक गरेर निर्देशनको पूर्ण पाठ हेर्न सकिनेछ ।

 

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

महासंघ अध्यक्ष श्रेष्ठ र संयुक्त राष्ट्रसंघका नेपालस्थित आवासीय संयोजकबीच भेटवार्ता

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र संयुक्त...

पर्यटन र पूर्वाधार विकासले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्छः ढकाल

नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आईएमई ग्रुपका...

राष्ट्रिय गौरवका सिँचाइ आयोजना ५ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको...

नेपाल एसबिआई बैंकको सीएसआर कार्यक्रम: सुरक्षा, स्वास्थ्य तथा शिक्षामा सहयोग

नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

क्लोज आउटमा परेर शेयर लगानीकर्ताले २ वर्ष मै तिरे साढे २२ करोड जरिवाना, जोगिने कसरी ?

क्लोज आउटमा परेर शेयर लगानीकर्ताले पछिल्लो २ आर्थिक वर्षमा...

ग्यास अभावको स्थायी समाधानः एउटा परिवारलाई २ सिलिण्डरको सीमा तोक्न कति सम्भव ?

अहिले काठमाडौँसहित देशभरी नै उपभोक्ताले सजिलै ग्यास पाउन सकेका...
spot_img