जीवन विकास लघुवित्त र युनिक नेपाल लघुवित्त मर्ज हुने भएका छन् । दुई संस्थाबीच हिजो शनिवार मर्जर सम्झौतामा हस्ताक्षर भएको हो।
जीवन विकास लघुवित्तको केन्द्रीय मोरङ्गको कटहरीमा रहेको छ भने युनिक नेपाल लघुवित्तको केन्द्रीय कार्यालय बाँकेको कोहलपुरमा रहेको छ।
हाल जीवन विकासको चुक्ता पुँजी १ अर्ब ७५ करोड रहेको छ भने युनिक नेपाल लघुवित्तको चुक्ता पुँजी १४ करोड ८५ लाख रहेको छ।












