Friday, June 19, 2026
spot_img

डिप्रोक्स लघुवित्तद्वारा विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान 

spot_img
spot_img

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले देशभरका आफ्ना १५८ वटा शाखा कार्यालयहरुको कार्यक्षेत्र भित्र रहेका सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा विपन्न परिवारका जेहेन्दार र मिहिनेती १÷१ जना विद्यार्थीहरुलाई डिप्रोक्स छात्रवृत्ति प्रदान गरेको छ ।

उक्त छात्रवृत्ति कार्यक्रममा विशेष गरी दलित तथा जनजाति समुदायका छात्राहरुलाई प्राथमिकतामा राखी शिक्षा क्षेत्रमा समान पहुँच, महिला सशक्त्तीकरण र समावेशीकरणलाई प्रवद्र्धन गर्ने उद्देश्य लिइएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार विद्याथीहरुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै चेक वितरण प्रणाली मार्फत छात्रवृत्ति उपलव्ध गराइएको हो।

यस कार्यक्रमबाट लाभान्वित विद्यार्थीहरुमा अध्ययनप्रति थप उत्साह र आत्मविश्वास बढेको तथा अभिभावकहरु समेत यस पहलप्रति खुशी र सन्तुष्ट देखिएको कम्पनीले उल्लेख गरेको छ। शिक्षा क्षेत्रमा गरिएको यस्ता योगदानले समुदायस्तरमा सकारात्मक प्रभाव पार्नुका साथै डिप्रोक्स लघुवित्त प्रति विश्वास र सद्धभाव थप बलियो बनेको कम्पनीले जनाएको छ ।

डिप्रोक्सले भविष्यमा पनि शिक्षा, सामाजिक सशक्त्तीकरण र दिगो विकासका क्षेत्रमा यस्ता कार्यक्रमहरु निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

इप्पानको प्रमुख सल्लाहकारमा निवर्तमान अध्यक्ष कार्की मनोनित

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)को प्रमुख सल्लाहकारमा निवर्तमान...

यी हुन् शुक्रबारको मन्त्रिपरिषद बैठकले गरेका ६ निर्णय

शुक्रबारको मन्त्रिपरिषद बैठकले विभिन्न ६ निर्णय गरेको छ ।...

सेबोनको अध्यक्षमा नियुक्त भएका डा. गोपाल भट्ट को हुन् ?

सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद...

धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपाल भट्ट नियुक्त

नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद भट्ट...

१० मेगावाटभन्दा कम क्षमताका हाइड्रोको पीपीए खुला

सरकारले १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत् आयोजनाको विद्युत् खरिद...

जबर्जस्ती कर्जा प्रवाह गरेर उद्यमी वा व्यवसायी जन्माउन सकिँदैनः गर्भनर

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले ऋणीहरुलाई सबैतिरबाट...
spot_img