Friday, June 19, 2026
spot_img

स्वस्तिक लघुवित्तको सीइओमा पुन: धिरेन्द्र लाल कर्ण नियुक्त

spot_img
spot_img

स्वस्तिक लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा पुन: धिरेन्द्र लाल कर्ण नियुक्त भएका छन् । लघुवित्तको पुस १३ गते बसेको संचालक समितिको बैठकले कर्णलाई दोस्रो कार्यकालको लागि पुन: सीइओ नियुक्त गर्ने निर्णय गरेको हो।

कम्पनीका अनुसार कर्णको नयाँ कार्यकाल २०८२ माघ १ गतबाट सुरु हुने छ। कम्पनीले यस अघि उनलाई २०७८ माघ १ गतेदेखि लागू हुने गरि सीइओ नियुक्त गरेको थियो। उनको ४ वर्षको कार्यकाल सकिन लागेकोले कम्पनीले उनलाई नै फेरि सीइओ नियुक्त गर्ने निर्णय गरेको हो।

कर्ण १५ वर्षदेखि लघुवित्त क्षेत्रमा संलग्न छन् । उनीसँग जीवन विकास लघुवित्त, मिथिला लघुवित्त, इन्फिनिटी लघुवित्त लगायतका संस्थामा काम गरेको अनुभव छ।

कर्णले आफ्नो पहिलो कार्यकालको क्रममा लामो समयदेखि रोकिएको कम्पनीको आइपीओ निष्काशन प्रक्रियालाई अघि बढाएर लघुवित्तको आईपीओ निष्काशन गर्न सफल भएका थिए । हाल लघुवित्तको शेयर दोस्रो बजारमा सूचीकृत भई कारोबार भईरहेको छ।

यस लघुवित्त वित्तीय संस्था “घ” वर्गको प्रदेशिकस्तरको वित्तीय संस्था हो जसको कार्यक्षेत्र मधेस प्रदेश (प्रदेश नं. २) रहेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

पाथीभरा केबलकारको विवाद समाधान गर्न कार्यदल गठन

सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

इप्पानको प्रमुख सल्लाहकारमा निवर्तमान अध्यक्ष कार्की मनोनित

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)को प्रमुख सल्लाहकारमा निवर्तमान...

यी हुन् शुक्रबारको मन्त्रिपरिषद बैठकले गरेका ६ निर्णय

शुक्रबारको मन्त्रिपरिषद बैठकले विभिन्न ६ निर्णय गरेको छ ।...

सेबोनको अध्यक्षमा नियुक्त भएका डा. गोपाल भट्ट को हुन् ?

सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद...

धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपाल भट्ट नियुक्त

नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद भट्ट...

१० मेगावाटभन्दा कम क्षमताका हाइड्रोको पीपीए खुला

सरकारले १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत् आयोजनाको विद्युत् खरिद...
spot_img