Saturday, June 20, 2026
spot_img

स्वावलम्बन लघुवित्त कमलविनायक शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

spot_img
spot_img

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय कमलविनायक, भक्तपुरको आयोजनामा एक दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ। वित्तीय संस्थामा आबद्ध सदस्य, अभिभावक तथा स्थानीय सरोकारवालाहरुलाई वित्तीय कारोबार, बचत तथा उद्यमशीलताका विषयमा जानकारी दिने उद्देश्यले मंसिर २९ गते उक्त कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ ।

केन्द्र नं ४३ की केन्द्र प्रमुख चम्पा आलेमगरको अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रममा स्वावलम्बन लघुवित्तका सञ्चालक समितिका सदस्य रबिन कुमार श्रेष्ठ तथा प्रा.डा. कुशुम शाक्यको विशिष्ट आतिथ्यता रहेको थियो । त्यसैगरी, अतिथिहरूमा भक्तपुर नगरपालिका वडा नं. १० का वडा सदस्य कृष्ण नारायण डुमरु र हंसवाहिनी आधारभूत विद्यालयका प्रधानाध्यापक सुर्य नारायण फोजुको उपस्थिति रहेको थियो । कार्यक्रमको अवसर पारेर शाखा कार्यालय कमलविनायक अन्तर्गतका उत्कृष्ट केन्द्रहरुलाई पुरस्कृत गर्नुका साथै बीमा सुविधा पनि प्रदान गरिएको थियो ।

कार्यक्रमको औपचारिक सुरुवात गर्दै शाखा कार्यालय कमलविनायकका कार्यालय प्रमुख सुनिता काफ्लेले उपस्थित सम्पूर्णलाई स्वागत गर्दै कार्यक्रमको महत्वबारे जानकारी गराईन्। इलाका कार्यालय ठिमीका इलाका प्रबन्धक राजेन्द्र थापाले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै वित्तीय साक्षरताले सदस्यहरूको आर्थिक जीवनमा ल्याउने सकारात्मक परिवर्तनबारे चर्चा गरे ।

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले व्यापारिक उद्देश्य मात्र नराखी सामाजिक कार्यमा समेत योगदान गर्दै आएको प्रति हंसवाहिनी आधारभुत विद्यालयका प्रधानाध्यापकले धन्यबाद व्यक्त गरे । संचालक प्रा.डा.शाक्यले नगद विहीन अर्थिक कारोवार वृद्धि हुदै गएकोले सो को सदुपयोग र सुरक्षित कारोवार तर्फ ध्यान दिनुपर्नेमा जोड दिनुका साथै महिला सहभागिताको प्रशंसा गरिन्। सञ्चालक रबिन कुमार श्रेष्ठले उद्यमशीलता विकास आजको आवश्यकता भएको र सो को लागि स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले सहकार्य गर्ने बताए ।

कार्यक्रममा संस्थाको केन्द्रीय कार्यालय, कमलपोखरी काठमाडौंका प्रबन्धक सुमन श्रेष्ठले स्वावलम्बन लघुवित्तको परिचय, यसले प्रदान गर्ने सेवा सुविधाहरू र हालको अवस्थाबारे जानकारी गराए। साथै, उनले वित्तीय साक्षरता कक्षा सञ्चालन गर्दै बचत, ऋणको सही सदुपयोग, पारिवारिक बजेट निर्माण र वित्तीय अनुशासनका विषयमा सहभागीहरूलाई प्रशिक्षण दिएका थिए।

कार्यक्रमको सञ्चालन कमलविनायक शाखाका विवेक कुवरले गरेका थिए ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

पाथीभरा केबलकारको विवाद समाधान गर्न कार्यदल गठन

सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

इप्पानको प्रमुख सल्लाहकारमा निवर्तमान अध्यक्ष कार्की मनोनित

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)को प्रमुख सल्लाहकारमा निवर्तमान...

यी हुन् शुक्रबारको मन्त्रिपरिषद बैठकले गरेका ६ निर्णय

शुक्रबारको मन्त्रिपरिषद बैठकले विभिन्न ६ निर्णय गरेको छ ।...

सेबोनको अध्यक्षमा नियुक्त भएका डा. गोपाल भट्ट को हुन् ?

सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद...

धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपाल भट्ट नियुक्त

नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद भट्ट...

१० मेगावाटभन्दा कम क्षमताका हाइड्रोको पीपीए खुला

सरकारले १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत् आयोजनाको विद्युत् खरिद...
spot_img