Saturday, June 20, 2026
spot_img

यी हुन् गुराँस लघुवित्तका ठूला शेयरधनी, २६ प्रतिशत स्वामित्व ५ जनासँग

spot_img
spot_img

गुराँस लघुवित्तमा ५ जनासँग कम्पनीको ४ प्रतिशत भन्दा धेरै स्वामित्व रहेको छ। कम्पनीको आर्थिक वर्ष २०८१/८२ को विवरण अनुसार कम्पनीमा ५ जनासँग ४ प्रतिशत वा सो भन्दा बढी स्वामित्व रहेको देखिएको हो।

कम्पनीमा उदय नारायण बराल, मदन खतिवडा, राजु प्रसाद अधिकारी र अशोक गौतमसँग समान ५.३२ प्रतिशत स्वामित्व रहेको छ। उनीहरुसँग कम्पनीको समान ६१ हजार ६ सय ६१ कित्ता शेयर रहेको छ।  त्यस्तै अन्जु दाहालसँग ४.८४ प्रतिशत शेयर स्वामित्व रहेको छ। समग्रमा यी ५ जनासँग कम्पनीको २६.१२ प्रतिशत शेयर स्वामित्व रहेको छ।

यी मध्ये उदय नारायण बराल कम्पनीका अध्यक्ष हुन् । त्यस्तै मदन खतिवडा, र अशोक गौतम कम्पनीका संचालक छन् । कम्पनीमा राजु अधिकारी पनि संचालक थिए, उनले २०८१ कार्तिकमा संचालक पदबाट राजीनामा दिएका थिए। अघिल्लो आर्थिक वर्षको तुलनामा उनीहरुको शेयर स्वामित्वमा कुनै परिवर्तन भएको देखिदैन । कम्पनीमा हाल सीइओ रहेका विष्णु प्रसाद उपाध्यायसँग ३.३८ प्रतिशत शेयर स्वामित्व रहेको छ।

कम्पनीले यहि कार्तिक २३ गते आर्थिक वर्ष २०८१/८२ को साधारणसभा गर्दै छ। जसमा कम्पनीले १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद गरि कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

पाथीभरा केबलकारको विवाद समाधान गर्न कार्यदल गठन

सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

इप्पानको प्रमुख सल्लाहकारमा निवर्तमान अध्यक्ष कार्की मनोनित

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)को प्रमुख सल्लाहकारमा निवर्तमान...

यी हुन् शुक्रबारको मन्त्रिपरिषद बैठकले गरेका ६ निर्णय

शुक्रबारको मन्त्रिपरिषद बैठकले विभिन्न ६ निर्णय गरेको छ ।...

सेबोनको अध्यक्षमा नियुक्त भएका डा. गोपाल भट्ट को हुन् ?

सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद...

धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपाल भट्ट नियुक्त

नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद भट्ट...

१० मेगावाटभन्दा कम क्षमताका हाइड्रोको पीपीए खुला

सरकारले १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत् आयोजनाको विद्युत् खरिद...
spot_img