Saturday, June 20, 2026
spot_img

५०० रुपैयाँको दरले जीवन विकास लघुवित्तको डेढ लाख कित्ता शेयर बिक्रीमा

spot_img
spot_img

जीवन विकास लघुवित्तका संस्थापक शेयरधनी भरत लाल बहरदारले आफ्नो नाममा कायम रहेको संस्थापक शेयर मध्येबाट कुल १,५०,००० कित्ता रु. ५००/- प्रतिकित्ताका दरले शेयर बिक्रीमा ल्याएका छन् । उनले शेयर बेच्नको लागि सञ्चालक समिति समक्ष निवेदन दिएकोमा समितिले उनको नाममा रहेको संस्थापक शेयर बिक्री गर्नका लागि स्वीकृति प्रदान गरेको हो।

उक्त शेयर बिक्रीका सम्बन्धमा नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०८१ निर्देशन नं. १०/०८१ बमोजिम संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता वित्तीय संस्थाका विद्यमान संस्थापक शेयरधनीहरुलाई दिनुपर्ने व्यवस्था रहेको हुँदा सोही अनुरुप नै सम्बन्धित सम्पूर्ण संस्थापक शेयरधनीहरुको जानकारीका लागि कम्पनीले आज कार्तिक १० गते सार्वजनिक सूचना प्रकाशन गरेको छ ।

संस्थापक शेयर खरीद गर्न योग्य तथा इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले यो सूचना प्रकाशित भएको मितिले ३५ (पैतिस) दिन भित्र के कति कित्ता शेयर खरीद गर्न चाहेको हो सो संख्या समेत उल्लेख गरी खरीद आशयपत्र सहित वित्तीय संस्थाको केन्द्रीय कार्यालय, कटहरी – २, मोरङ्गमा निवेदन दिनु पर्ने छ। तत्पश्चात् सम्बन्धित खरीद / बिक्रीकर्ता संस्थापकको आपसी छलफलबाट खरीद गर्न चाहेको शेयर संख्या र खरीद / बिक्री मूल्यमा सहमति भई खरीद/बिक्रीकर्ता दुबै संस्थापकबाट शेयरको खरीद बिक्रीको स्वीकृतिका लागि समितिमा निवेदन प्राप्त भए पश्चात सो को आवश्यक जाँचबुझ गरी उचित देखिएमा समितिबाट शेयर खरीद / बिक्रीको स्वीकृति प्रदान गरिने कम्पनीले जनाएको छ।

साथै, सो अवधि भित्र विद्यमान संस्थापक शेयधरनीहरुबाट शेयर खरीद गर्ने सम्बन्धमा कुनै आशयपत्र प्राप्त नभएमा वा आंशिक शेयर खरीदका लागि मात्र आशयपत्र प्राप्त भएमा प्रचलित कानून तथा नियमानुसार अन्य व्यक्ति/ संस्थालाई संस्थापक शेयर बिक्री गर्न आवश्यक कारबाही अगाडी बढाइने कम्पनीले प्रष्ट पारेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

पाथीभरा केबलकारको विवाद समाधान गर्न कार्यदल गठन

सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

इप्पानको प्रमुख सल्लाहकारमा निवर्तमान अध्यक्ष कार्की मनोनित

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)को प्रमुख सल्लाहकारमा निवर्तमान...

यी हुन् शुक्रबारको मन्त्रिपरिषद बैठकले गरेका ६ निर्णय

शुक्रबारको मन्त्रिपरिषद बैठकले विभिन्न ६ निर्णय गरेको छ ।...

सेबोनको अध्यक्षमा नियुक्त भएका डा. गोपाल भट्ट को हुन् ?

सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद...

धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपाल भट्ट नियुक्त

नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद भट्ट...

१० मेगावाटभन्दा कम क्षमताका हाइड्रोको पीपीए खुला

सरकारले १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत् आयोजनाको विद्युत् खरिद...
spot_img