Saturday, June 20, 2026
spot_img

सूर्योदय वोमी लघुवित्तले माग्यो ४२ कर्मचारी, एसएलसी पासलाई पनि अवसर

spot_img
spot_img

सूर्योदय वोमी लघुवित्त विभिन्न पदमा ४२ जना कर्मचारी माग गरेको छ । कम्पनीले सहायक द्वितीयदेखि सुपरभाइजरसम्मको पदको लागि कर्मचारी माग गरेको हो।

कम्पनीले सहायक श्रेणीको सहायक द्वितीय पदमा ३० जना, सहायक श्रेणीको सहायक पदमा १ जना, सहायक श्रेणीको वरिष्ठ सहायक (शाखा प्रमुख)मा १० जना र सहायक श्रेणीको सुपरभाइजर (शाखा प्रमुख) मा १ जना गरि कुल ४२ जना कर्मचारी माग गरेको हो।

लघुवित्तका अनुसार आवेदन दिने अम्तिम मितिमा १८ बर्ष पुरा भई ३५ बर्ष ननाघेकोले आवेदन दिन सक्ने छन् । महिला उमेद्वारको हकमा माथिल्लो उमेर हदमा पाँच बर्ष थप हुने बताईएको छ । मोटरसाईकल वा स्कुटरको सवारी चालक अनुमति पत्र भएकोलाई प्राथमिकता दिइने लघुवित्तले उल्लेख गरेको छ ।  दरखास्त दिने अन्तिम मिति २०८२ कार्तिक २१ गते रहेको छ भने सो दिन कार्यालय विदा भएमा सो पश्चात् कार्यालय खुलेको मिति अन्तिम दिन हुनेछ ।

लघुवित्तका अनुसार संस्थाको वेबसाईटमा रहेको दरखास्त फारम डाउनलोड गरि इमेल ठेगाना [email protected] मार्फत आवेदन दिनु पर्ने छ।  परीक्षाको किसिम लिखित÷अन्तर्वार्ता वा दुवै हुने कम्पनीले जनाएको छ । आवेदन दस्तुर ५०० रहेको र  वित्तीय संस्थाको नाममा रहेको गरिमा विकास बैंक, स्याङ्जाको खाता नं. ००५००१०००५५५६६०००००२ मा जम्मा गरी दरखास्त फारम संगै संलग्न गरी पेश गर्नु पर्ने भनिएको छ । परीक्षामा समावेस हुन दस्तुर बुझाएको भौचर साथमा ल्याउनु पर्ने जनाईएको छ ।

लिखित÷अन्तर्वार्ता परीक्षाको पाठ्यक्रम संस्थाको वेबसाईटमा carrer अन्तर्गत राखिएको लघुवित्तले जनाएको छ । सर्ट लिस्टमा परेका उमेद्वारहरुलाई मात्र छनौट प्रक्रियाको लागि सम्पर्क गरिने र उनीहरुको परीक्षा सम्बन्धी कार्यक्रम संस्थाको वेवसाईटमा पछि पकाशित गरिने लघुवित्तले उल्लेख गरेको छ । पारिश्रमिक र अन्य सुविधाहरु संस्थाको नियमानुसार हुनेछ सूचनामा उल्लेख छ।

के चाहिन्छ योग्यता ?

सहायक द्वितीयलाई : एस.एल.सि÷एस.ई.ई सरहको परीक्षा उत्तीर्ण । कम्तिमा डि प्लस ग्रेड, न्यूनतम १.६ जि.पि.ए. ल्याएको हुनु पर्नेछ । लघुवित्त तथा वित्तीय क्षेत्रमा कम्तिमा ३ वर्षको कार्यानुभव भएको र स्नातक तह उत्तीर्णलाई विशेष प्राथमिकता ।

सहायक प्रथमलाई : एस.एल.सि÷एस.ई.ई सरहको परीक्षा उत्तीर्ण । कम्तिमा डि प्लस ग्रेड, न्यूनतम १.६ जि.पि.ए. ल्याएको हुनु पर्नेछ । लघुवित्त तथा वित्तीय क्षेत्रमा कम्तिमा ३ वर्षको कार्यानुभव भएको साथै स्नातक तह उत्तीर्णलाई विशेष प्राथमिकता ।

वरिष्ठ सहायक (शाखा प्रमुख)लाई : प्रविणता प्रमाणपत्र वा सो सरहको परीक्षा उत्तीर्ण गरी बैंङ्क तथा वित्तीय संस्थामा कम्तीमा १ वर्षको कार्य अनुभव भएको हुनुपर्ने वा एस.एल.सि÷एस.ई.ई सरहको परीक्षा उत्तीर्ण गरेर बैंङ्क तथा वित्तीय संस्थामा कम्तीमा ३ बर्षको अनुभव भएको हुनुपर्ने छ । स्नातक तह उत्तीर्ण भई लघुवित्तमा कम्तिमा ५ बर्ष कार्यानुभव भई कम्तीमा ३ बर्ष शाखा प्रमुखको जिम्मेवारी निर्वाह गरेकोलाई विशेष प्राथमिकता ।

सुपरभाईजर (शाखा प्रमुख)लाई : प्रविणता प्रमाणपत्र वा सो सरहको परीक्षा उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा कम्तीमा १ वर्षको कार्य अनुभव भएको हुनुपर्ने वा एस.एल.सि / एस.ई.ई सरहको परीक्षा उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा कम्तीमा ३ बर्षको अनुभव भएको हुनुपर्ने छ । स्नातक तह उत्तीर्ण भई लघुवित्तमा कम्तिमा ४ बर्ष शाखा प्रमुखको जिम्मेवारी निर्वाह गरेकालाई विशेष प्राथमिकता ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

पाथीभरा केबलकारको विवाद समाधान गर्न कार्यदल गठन

सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

इप्पानको प्रमुख सल्लाहकारमा निवर्तमान अध्यक्ष कार्की मनोनित

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)को प्रमुख सल्लाहकारमा निवर्तमान...

यी हुन् शुक्रबारको मन्त्रिपरिषद बैठकले गरेका ६ निर्णय

शुक्रबारको मन्त्रिपरिषद बैठकले विभिन्न ६ निर्णय गरेको छ ।...

सेबोनको अध्यक्षमा नियुक्त भएका डा. गोपाल भट्ट को हुन् ?

सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद...

धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपाल भट्ट नियुक्त

नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद भट्ट...

१० मेगावाटभन्दा कम क्षमताका हाइड्रोको पीपीए खुला

सरकारले १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत् आयोजनाको विद्युत् खरिद...
spot_img