विन नेपाल लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा दिपेन्द्र खतिवडा नियुक्त भएका छन् । कम्पनीको भदौ ३१ गते बसेको संचालक समितिको बैठकले असोज २ गतेदेखि लागु हुने गरि उनलाई सीइओ नियुक्त गर्ने निर्णय गरेको हो।
उनी यस अघि कम्पनीको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए। उनी सिन्धुपाल्चोक जिल्ला, मेलम्ची नगरपालिका, वडा नं १० घर भई हाल काठमाण्डौ जिल्ला, कागेश्वरी मनोहरा न.पा. वडा नं ५, थली निवासी हुन् ।
उनलाई कम्पनीले ४ वर्षको लागि सीइओ नियुक्त गरेको हो ।












