मल्टीपर्पस फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा पुन: रजनीश कुमार सिंह नियुक्त भएका छन्। कम्पनीको भदौ १७ गते बसेको संचालक समितिको बैठकले सिंहलाई पुन: सीइओ नियुक्त गर्ने निर्णय गरेको हो।
सिंहको नयाँ कार्यकाल भदौ २५ गतेदेखि सुरु हुने छ। उनलाई कम्पनीले ४ वर्षको लागि सीईओ नियुक्त गरेको हो।












