आरएसडिसी लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा पुन: ध्रुव कुमार पौडेल नियुक्त भएका छन् । कम्पनीको साउन १७ गते बसेको संचालक समितिको बैठकले पौडेललाई पुन: सीइओ नियुक्त गर्ने निर्णय गरेको हो।
कम्पनीका अनुसार उनको नयाँ कार्यकाल भदौ १० गतेदेखि सुरु हुने छ। उनले कम्पनी सचिवको जिम्मेवारी पनि सम्हाल्ने छन् ।












