Wednesday, June 24, 2026
spot_img

पोखरा फाइनान्सद्वारा समृद्धिसँगको मर्जर प्रस्ताव पारित, राष्ट्र बैंकलाई गराईयो जानकारी

spot_img
spot_img

पोखरा फाइनान्सको आज सम्पन्न साधारणसभाले समृद्धि फाइनान्ससँग मर्जरमा जाने प्रस्ताव पारित गरेको छ । आज पोखरामा सम्पन्न साधारणसभाबाट बहुमतले मर्जर सम्बन्धि प्रस्ताव पारित भएको हो।

साधारणसभा संचालन हुनको लागि न्युनतम ५१ प्रतिशत शेयरधनी उपस्थिति हुनु पर्नेमा सोहि बमोजिम शेयरधनी उपस्थित भएको र उपस्थित शेयरधनीको दुई तिहाईले मर्जर प्रस्ताव पारित गरेको बताईएको छ। मर्जरको विरोधमा कही शेयरधनीले आवाज उठाए पनि अन्तत: दुई तिहाई शेयरधनीले मर्जर प्रस्ताव पारित गरेका हुन् । कम्पनी सचिवले साधारणसभामा पेश गरिएका सम्पूर्ण प्रस्ताव पारित भएको घोषणा गरेका थिए ।

साधारणसभाबाट मर्जर पस्ताव पारित गरिएको जानकारी नेपाल राष्ट्र बैंकलाई गराईसकिएको कम्पनीले जनाएको छ। साधारणसभामा उपस्थित शेयरधनीको विवरण, शेयरधनीहरुको प्रोक्सीको विवरण सहित राष्ट्र बैंकलाई जानकारी गराईसकिएको कम्पनीले उल्लेख गरेको छ।

आज नै समृद्धि फाइनान्सको साधारणसभाले पनि मर्जर प्रस्ताव सर्वसम्मतले पारित गरिसकेको छ। दुवै कम्पनीले आ-आफ्नो साधारणसभाबाट मर्जर सम्बन्धि प्रस्ताव पारित गराएसंगै अब अन्तिम स्वीकृतिको लागि राष्ट्र बैंकमा पेश गरिने छ। राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएपछि एकिकृत कारोबारको बाटो खुल्ने छ।

दुवै संस्था समान हैसियतमा मर्जरमा जाने भएका हुन्। संयुक्त मर्जर समितिले १:१ शेयर आदान प्रदान अनुपात निर्धारण गरेको थियो।

संयुक्त मर्जर समितिबाट दुबै कम्पनिको सम्पति, दायित्व तथा कारोबारको मुल्यांकन गर्न नियुक्त मुल्यांकनकर्ताले दुबै कम्पनीको सम्पति, दायित्व तथा कारोबारको मुल्यांकन गरी दिएको मुल्यांकन प्रतिवेदनसमेतको आधारमा संयुक्त मर्जर समितिले १:१ शेयर आदान प्रदान अनुपात निर्धारण गरेको थियो। दुवै कम्पनीको संचालक समितिले १:१ को स्वापलाई स्वीकृत गर्ने निर्णय गरेर साधारणसभामा प्रस्ताव लागेका थिए ।

यी दुई संस्थाबीच मर्जरको लागि गत साउन ४ गते प्रारम्भिक सम्झौता भएको थियो।  राष्ट्र बैंकले असोज २७ गते दुई संस्थालाई मर्जरमा जान सैद्धान्तिक सहमति प्रदान गरेको थियो।

प्रारम्भिक सम्झौता अनुसार मर्जरपछि बन्ने कम्पनीको नाम पोखरा फाइनान्स नै रहने छ । मर्जर पछि केन्द्रीय कार्यालय पोखरा मै रहने छ भने कर्पोरेट कार्यालय काठमाडौँमा रहने छ। हाल समृद्धि फाइनान्सका अध्यक्ष मर्जर पछि बन्ने कम्पनीको अध्यक्ष रहने छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

स्काईवेलको उत्पादक कम्पनीले जी मोटर्सलाई आधिकारिक बिक्रेताबाट हटायो (पत्रसहित)

चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’ गाडीको उत्पादक कम्पनीले नेपालका...

हकप्रद निष्काशनको लागि एनआईसी एशिया बैंकले चयन गर्यो बिक्री प्रबन्धक

एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद निष्काशनको लागि बिक्री प्रबन्धक...

 एभरेष्ट कलरको शेयर डिम्याट गराउन सम्झौता

एभरेष्ट कलर लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...

सम्पत्ति जफत सुस्त हुँदा नेपाल फेरि ‘ग्रे लिस्ट’मै, ‘हाईप्रोफाइल’बाटै २७ अर्ब जफत गर्न बाँकी

फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले नेपाललाई सम्पत्ति शुद्धीकरणको ‘ग्रे...

घट्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला...

कालंगा हाइड्रोको शेयर डिम्याट गराउन सम्झौता

कालंगा हाइड्रो लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...
spot_img