Wednesday, June 24, 2026
spot_img

क्यारी ब्रान्डको ईभी भ्यान किन्न रिलायन्स फाइनान्सले कर्जा दिने

spot_img
spot_img

क्यारी ब्रान्डका विद्युतीय भ्यानमा वित्तिय समाधान प्रदान गर्न एलएक्सजी मोटर्स र रिलायन्स फाइनान्स लिमिटेडले एक रणनितिक सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । क्यारी ईभीको नेपालका लागि आधिकारिक वितरक एलएक्सजी मोटर्स प्रालिका जितेन्द्रलाल कर्ण र रिलायन्स फाइनान्स लिमिटेडका सिइओ समाज प्रकाश श्रेष्ठले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुुसार, क्यारी ब्रान्डका विद्युतीय भ्यान किन्न चाहने ग्राहकहरूका लागि रिलायन्स फाइनान्सले सुविधाजनक वित्तीय समाधान प्रदान गर्नेछ । समझदारीको मुख्य उद्देश्य क्यारी ब्रान्डका केभान १ र केभान २ भ्यान खरिद गर्न चाहने ग्राहकका लागि सहज वित्तीय समाधान उपलब्ध गराउनु रहेको बताइएको छ ।

यी विद्युतीय भ्यानहरूमा ५३.५८ किलोवाट आवर क्षमताको सिएटिएल ब्याट्री जडान गरिएको छ, जसले एक पटकको फुल चार्जमा ३०० किलोमिटरसम्म रेन्ज प्रदान गर्ने दाबी गरिएको छ । साथै, यी ईभीमा पिएमएसएम मोटर प्रणाली, एबिएस तथा अन्य सुरक्षा सुविधाहरू उपलब्ध गराइएको छ ।

यस साझेदारीले एलएक्सजी मोटर्सलाई क्यारी ईभीमार्फत नेपालभर विद्युतीय सवारी क्षेत्रमा अझ मजबुत उपस्थिति विस्तार गर्न र ग्राहकको व्यवसायिक यात्रामा भरोसायोग्य सहयोग पुर्याउन सक्षम बनाउने विश्वास लिइएको दुवै पक्षले जनाएका छन्।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

स्काईवेलको उत्पादक कम्पनीले जी मोटर्सलाई आधिकारिक बिक्रेताबाट हटायो (पत्रसहित)

चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’ गाडीको उत्पादक कम्पनीले नेपालका...

हकप्रद निष्काशनको लागि एनआईसी एशिया बैंकले चयन गर्यो बिक्री प्रबन्धक

एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद निष्काशनको लागि बिक्री प्रबन्धक...

 एभरेष्ट कलरको शेयर डिम्याट गराउन सम्झौता

एभरेष्ट कलर लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...

सम्पत्ति जफत सुस्त हुँदा नेपाल फेरि ‘ग्रे लिस्ट’मै, ‘हाईप्रोफाइल’बाटै २७ अर्ब जफत गर्न बाँकी

फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले नेपाललाई सम्पत्ति शुद्धीकरणको ‘ग्रे...

घट्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला...

कालंगा हाइड्रोको शेयर डिम्याट गराउन सम्झौता

कालंगा हाइड्रो लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...
spot_img