Thursday, May 7, 2026
spot_img
spot_img

पोखरा फाइनान्स र समृद्धि फाइनान्सबीच मर्जर सम्झौतामा हस्ताक्षर, राष्ट्र बैंकले देला स्वीकृति ?

spot_img
spot_img

पोखरामा केन्द्रीय कार्यालय रहेको पोखरा फाइनान्स र काठमाडौँमा केन्द्रीय कार्यालय रहेको समृद्धि फाइनान्सबीच मर्जर सम्झौतामा हस्ताक्षर भएको छ । आज आइतबार बिहान दुई संस्थाबीच पोखरा मै मर्जरको लागि सम्झौता भएको हो।

सम्झौता अनुसार मर्जरपछि बन्ने कम्पनीको नाम पोखरा फाइनान्स नै रहने छ । दुवै संस्था १:१ को स्वापमा मर्ज हुन लागेको स्रोतले जनाएको छ। मर्जर पछि केन्द्रीय कार्यालय पोखरा मै रहने छ भने कर्पोरेट कार्यालय काठमाडौँमा रहने छ। हाल समृद्धि फाइनान्सका अध्यक्ष मर्जर पछि बन्ने कम्पनीको अध्यक्ष रहने छन् । एकिकृत कारोबार गर्दा सम्म दुई कम्पनीका सीइओ मध्ये जसले मर्जर प्रक्रियामा बढी योगदान गर्छन् त्यहि सीइओलाई नै मर्जरपछि सीइओ बनाईने बताईएको छ।

मर्जर सम्झौता पोखरा मै गरेर दुवै कम्पनीले पोखरेली जनता र विशेष गरि गुरुङ समुदायको मन जित्न खोजेको देखिन्छ । पोखरा फाइनान्सलाई मर्जरमा जान राष्ट्र बैंकले पनि दबाब दिइरहेको थियो। यस अघि पोखरा फाइनान्स र बेस्ट फाइनान्सबीच मर्जर सम्झौता हुने भनिए पनि अन्तिममा सो भाडिएको थियो। अहिले भने पोखरा फाइनान्स र समृद्धि फाइनान्सको मर्जर सम्झौता गराउन समृद्धिको तर्फबाट सीए रमेश धिताल र अशोक खड्काले सहजीकरण गरेको स्रोतको भनाई छ।

दुवै संस्थाको उच्च तहमा धेरै कर्मचारी नरहेको र केही उच्च तहका कर्मचारीहरु अवकाशमा जान लागेकोले कर्मचारी व्यवस्थापन सहज हुने अपेक्षा दुवै कम्पनीले गरेका छन् । पछिल्लो समय पोखरा  फाइनान्समा संस्थापक समूहबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने व्यक्ति नै नहुने खालको अवस्था आएको थियो। अहिले भएका संचालकहरु पाका हुँदै गएका र उनीहरुका छोराछोरी विदेश मै रहने गरेकोले पोखरा फाइनान्समा नेतृत्वको समस्या देखिन थालेको थियो। हाल पोखरा फाइनान्सको संचालक समितिमा रहेका मध्ये संस्थापक समूहबाट प्रतिक गुरुङ मात्र युवा छन् ।

यद्यपि मर्जरपछि पनि कम्पनीको पुजीकोष पुग्ने छैन । यस कारण पनि राष्ट्र बैंकले यो मर्जरको लागि शैदान्तिक सहमति दिन्छ वा दिदैन त्यो भने हेर्न बाँकि छ । हाल पोखरा फाइनान्सको खराब कर्जाको अवस्था सुधारको क्रममा छ, तर अपेक्षा अनुसारको सुधार नभएपछि राष्ट्रले गर्ने सम्भावित कारबाहीबाट वचन कम्पनीलाई मर्जमा जानुपर्ने बाध्यता थियो। उता समृद्धि फाईनान्सलाई भने पोखरा फाईनान्सको बलियो संस्थागत सुशासन प्राप्त हुने आशामा मर्जर सम्झौताको लागि हतार गरेको बताइएको छ।

हाल पोखरा फाइनान्सको चुक्ता पुँजी १ अर्ब ८ करोड २५ लाख रहेको छ भने समृद्धि फाइनान्सको चुक्ता पुँजी ८१ करोड ८९ लाख रुपैयाँ रहेको छ। गत बिहीबार शेयरबजारमा पोखरा फाइनान्सको अन्तिम शेयर मूल्य प्रति कित्ता ४४३.२७ रुपैयाँ थियो भने समृद्धि फाइनान्सको शेयर मूल्य प्रति कित्ता ५५३.७८ रुपैयाँ थियो।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्ममा पोखरा फाइनान्स ८२ लाख ८० हजार खुद घाटामा थियो। सोहि अवधिमा समृद्धि फाइनान्स भने ३ करोड २२ लाख खुद घाटामा थियो। पछिल्लो समय दुवै संस्थाको वित्तीय अवस्थामा सुधार हुदै गएको देखिन्छ ।

यो पनिः
पोखरा फाइनान्स र समृद्धि फाइनान्सबीच मर्जर सम्झौता

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

को बन्दैछ महासंघको वरिष्ठ उपाध्यक्ष ?

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष चयनको गृहकार्य सुरु...

कामना सेवा विकास बैंकद्वारा जनकल्याण आधारभूत विद्यालयमा शैक्षिक सामाग्री वितरण

कामना सेवा विकास बैंक लिमिटेडले आफ्‌नो संस्थागत सामाजिक उत्तरदायित्व...

नीभ कर्पोरेशनले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

नीभ कर्पोरेशन लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले...

महासंघका अध्यक्ष श्रेष्ठले सम्हाले पदभार

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले पदभार सम्हालेका...

बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

आज बिहीबार सुनचाँदीको भाउ बढेको छ । बुधबार प्रतितोला...
spot_img