Wednesday, July 9, 2025

समृद्धि फाइनान्सका ग्राहक र शेयरधनीलाई क्यापिटल हस्पिटलमा छुट

spot_img
spot_img

समृद्धि फाइनान्स कम्पनी लिमिटेडले काठमाडौँको बागबजारमा रहेको क्यापिटल हस्पिटल प्रा.लिसँग समझदारी गरेको छ । उक्त समझदारी अन्तर्गत समृद्धि फाइनान्सका सम्पुर्ण शेयरसदस्यहरु, कर्मचारीहरु तथा खातावालाहरुले समृद्धि मोबाइल बैकिङ्ग र डेविड कार्ड प्रयोग गरि क्यापिटल हस्पिटलमा स्वास्थ्य उपचार सेवाको उपभोग गरि भुक्तानी गर्दा भारी छुट पाउने छन् ।

सो समद्मदारी पत्रमा फाइनान्स कम्पनीका तर्फबाट संस्थाका प्रमुख व्यवसाय प्रवर्धन अधिकृत शुभाष श्रेष्ठ र क्यापिटल हस्पिटल प्रा.लि.का तर्फबाट प्रबन्ध निर्देशक प्रो.डा श्री अशोक रत्न बज्राचार्यले हस्ताक्षर गरेका छन् ।

फाइनान्सका अनुसार यो छुट सेवा २०८१/०/१२ देखि २०८३/०३/११ गते सम्म उपलब्ध हुने छ । यो सुविधाबाट फाइनान्सका सम्पुर्ण शेयरसदस्यहरु, कर्मचारीहरु तथा खातावालाहरु लाभान्वित हुने विश्वास लिएको फाइनान्सले जनाएको छ ।

फाइनान्सका अनुसार छुट पश्चात फाइनान्सका सम्पुर्ण शेयरसदस्यहरु, कर्मचारीहरु तथा खातावालाहरुले क्यापिटल हस्पिटल प्रा.लि.बाट
अर्थोपेडिक (अपरेशन ÷प्रक्रिया शुल्क)मा १०%,स्त्री रोग (अपरेशन ÷ प्रक्रिया शुल्क)मा १०%, सामान्य शल्यक्रिया (अपरेशन÷प्रक्रिया शुल्क)मा १०%, अल्ट्रा साउन्डमा १५%, प्रयोगशाला सेवामा (सबै उपलब्ध परीक्षणहरूको लागि) १५%, एक्स–रे मा २०%, फिजियोथेरापीमा १०%, फार्मेसीमा १०%, र बेड चार्जमा १०% छुट प्राप्त गर्ने छन् ।

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको वित्तिय संस्था समृद्धि फाइनान्सले हाल तेह्र वटा शाखाहरु मार्फत नगद कारोवार, आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ भने मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड आदि डिजिटल सुविधाहरु निशूल्क प्रदान गरिरहेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img

राजनीतिमा आउनु अघि जहाँ थिए, त्यहि संस्थामा काम गर्न थाले बेलायतका पूर्व प्रधानमन्त्री सुनक

बेलायतका पूर्वप्रधानमन्त्री ऋषि सुनकले राजनीतिमा प्रवेश गर्नुअघिको आफ्नो करियरको...

बाढीको क्षति बुझ्न प्रधानमन्त्री नेतृत्वको टोली रसुवामा

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डलले रसुवास्थित भोटेकोशी नदीमा...

भोटेकोशीपछि लोमान्थाङमा ठूलो बाढी आयो, तिब्बतमा हिमताल बिस्फोटको आशंका

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ चुमजुङ गाउँमाथिको लेकबाट लेदोसहितको भीषण...

रसुवा प्रशासनले भन्यो, ‘गए रातिको बाढीले २० जना बेपत्ता भए, ६४ वटा गाडी बगायो’

जिल्ला प्रशासन कार्यालयले रसुवाले गए रातिको बाढीका कारण भएको...

क्यान महासंघ र चेम्बरबीच सूचना प्रविधि क्षेत्र सुदृढ गर्न रणनीतिक सम्झौता

नेपालको डिजिटल अर्थतन्त्रलाई सुदृढ पार्ने र सूचना प्रविधि (आईटी)...

गण्डकीले बनाउन लागेको विद्युत विधेयकमा इप्पानले दियो १० बुँदे सुझाव

गण्डकी प्रदेशको प्रस्तावित विद्युत् विधेयकमा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था,...
spot_img