Monday, October 6, 2025

समृद्धि फाइनान्स जनकपुर शाखाद्वारा रक्तदान कार्यक्रम

समृद्धि फाइनान्स कम्पनी लिमिटेड जनकपुर शाखाले आज नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। जनकपुर-३, जनक चोकमा आयोजित कार्यक्रममा १०० भन्दा बढी व्यक्तिहरूको उपस्थिति रहेको र  जसअन्तर्गत २८ युनिट रक्त सङ्कलन गरिएको कम्पनीले जनाएको छ।

समृद्धि फाइनान्सले यसअघि गत सोमबार आफ्नो इटहरी शाखाबाट रक्तदान कार्यक्रम सम्पन्न गरिसकेको छ। त्यस्तै, आउँदो शुक्रबार, २३ फागुन २०८१, मा काठमाडौंको पुतलीसडकस्थित शंकरदेव क्याम्पस नजिकै रक्तदान कार्यक्रम आयोजना गर्न लागेको छ।

समृद्धि फाइनान्सले समाजप्रति आफ्नो दायित्व पूरा गर्ने उद्देश्यले यस्ता कार्यक्रमहरू गर्दै आइरहेको छ। रक्तदान जीवनदायी कार्य भएकाले संस्थाले आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्दै जाने प्रतिबद्धता जनाएको छ।

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ । आर .टि .जि .एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू .आर कोड जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

बाढी र पहिरोका कारण १०५ मेगावाटका १३ आयोजनाको बिजुली उत्पादन बन्द

निरन्तरको वर्षाबाट उत्पन्न बाढी तथा पहिरोका कारण १३ जलविद्युत...

मन्त्री घिसिङको दाबीः बीपी राजमार्ग ३ दिनभित्र खुलाउँछौँ

भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले करिब ३ दिनको...

बीपी राजमार्गको ४.५ किलोमिटर डाइभर्सन बाढीले बगायो

शुक्रबार रातीदेखि आइतबार बिहानसम्म परेको अविरल वर्षाका कारण बीपी...

यी ५ कारण: जसले बढाइरहेको छ सुनको भाउ

दशैँ बिदा पश्चात कारोबार भएको पहिलो दिन नै सुनको...

बाढी र पहिरोको कहरः १९ जनाको मृत्यु, ८ जना बेपत्ता

शुक्रबार रातीदेखिको वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी...

ऐतिहासिक उचाईमा पुग्यो सुनको भाउ, एकैदिन तोलामा ७४ सयले बढ्यो

दशै बिदा पछिको पहिलो कारोबार दिनमा सुनको भाउ ह्वात्तै...
spot_img
spot_img
spot_img
spot_img