Friday, May 23, 2025
spot_img

गुहेश्वरी मर्चेन्ट बैैंकिङ्ग एण्ड फाइनान्स २३ औं वर्षमा प्रवेश

spot_img

मिति २०५९/०२/३० गतेबाट विधिवत कारोबार संचालन गरेको गुहेश्वरी मर्चेन्ट बैैंकिङ्ग एण्ड फाइनान्स लि.ले २२ वर्ष पूरा गरी २३ औं वर्षमा प्रवेश गरेको छ । विगत २२ वर्ष देखि निरन्तर बैकिङ्ग सेवा प्रदान गर्दै आएकोमा यस संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विगत ६ वर्ष देखि वार्षिक रुपमा बुंगमती, ललितपुरमा स्थित अपाङ्ग सेवा संघलाई खाद्यान्न सामाग्री उपलब्ध गराउँंदै आएकोमा संस्थाको २२ औं वार्षिकोत्सवको उपलक्ष्यमा उक्त सहयोग आगामी वर्षको लागि पनि निरन्तरता दिने गरी सो संस्थासंग सम्झौता सम्पन्न गरिएको छ ।

साथै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाको २२ औं वार्षिकोत्सव उपलक्ष्यमा नेपाल रेडक्रस सोसाइटी, ललितपुर रक्त सचांर सेवा केन्दको प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रम समेत सम्पन्न गरेको छ ।

कम्पनीले प्रधान कार्यालय समेत २३ वटा शाखा कार्यालयहरु र चार वटा एक्सटेन्सन काउन्टरहरुबाट बैंकिङ्ग  सेवाको रुपमा एटाएम,एसएमएस बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्ग सेवा, ईसीसी, आरटीजीएस, आईपीएस, कनेक्ट आईपीएस सेवा, कर्पोरेट पे,  क्युआर पेमेन्ट सेफ डिपोजिट लकर सुविधा, टपअप सुविधा, रेमिट्यान्स सेवा,डीपी सवा र सीआस्वा सेवा प्रदान गर्दै आएको छ ।
संस्थाको २२ औं वार्षिकत्सवको उपलक्ष्यमा सम्पूर्ण ग्राहकहरु, शेयरधनीहरु, शुभचिन्तक, नेपाल राष्ट्र बैंक तथा अन्य नियमनकारी निकायहरु प्रति कृतज्ञता पूर्वका हार्दिक आभार प्रकट गर्दै आगामी दिनहरुमा अझ सुदृढ, सरल, विश्वसनिय तथा गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेको छ  ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

सान्भी इनर्जी लिमिटेडको आईपीओ आजदेखि

सान्भी इनर्जी लिमिटेडले आज जेठ ९ गतेबाट सर्वसाधारणका लागि...

सर्वाधिक बिजुली प्रयोग गर्ने र नियमित महशुल तिर्ने ग्राहकलाई विद्युत प्राधिकरणको सम्मान

नेपाल विद्युत प्राधिकरणले उल्लेख्य मात्रामा विद्दुत खपत गर्ने र...

बैंकर्स संघले भेट्यो नवनियुक्त गभर्नर

नेपाल बैंकर्स संघले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा....

आईएमई लाइफका बिमित, अभिकर्ता र कमर्चारीलाई रोजगारमुखी तालिममा ५० प्रतिशतसम्म छुट

आईएमई लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता तथा कर्मचारीहरुले काठमाडौँ टेक्निकल...

चामल, तेल र दाल उद्योगलाई करमा सहुलियत प्रदान गर्न उद्योगीको माग

नेपाल चामल, तेल, दाल उद्योग संघले दैनिक उपभोग्य वस्तु...

नबिल बैंकको मोबाइल बैंकिङ एपमार्फत ‘हाम्रो पे’ वालेटमा पैसा लोड गर्न सकिने

मोबाइल एप हाम्रो पात्रोको डिजिटल वालेट ‘हाम्रो पे’ र...
spot_img