Thursday, March 12, 2026

गुहेश्वरी मर्चेन्ट बैैंकिङ्ग एण्ड फाइनान्स २३ औं वर्षमा प्रवेश

spot_img
spot_img

मिति २०५९/०२/३० गतेबाट विधिवत कारोबार संचालन गरेको गुहेश्वरी मर्चेन्ट बैैंकिङ्ग एण्ड फाइनान्स लि.ले २२ वर्ष पूरा गरी २३ औं वर्षमा प्रवेश गरेको छ । विगत २२ वर्ष देखि निरन्तर बैकिङ्ग सेवा प्रदान गर्दै आएकोमा यस संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विगत ६ वर्ष देखि वार्षिक रुपमा बुंगमती, ललितपुरमा स्थित अपाङ्ग सेवा संघलाई खाद्यान्न सामाग्री उपलब्ध गराउँंदै आएकोमा संस्थाको २२ औं वार्षिकोत्सवको उपलक्ष्यमा उक्त सहयोग आगामी वर्षको लागि पनि निरन्तरता दिने गरी सो संस्थासंग सम्झौता सम्पन्न गरिएको छ ।

साथै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाको २२ औं वार्षिकोत्सव उपलक्ष्यमा नेपाल रेडक्रस सोसाइटी, ललितपुर रक्त सचांर सेवा केन्दको प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रम समेत सम्पन्न गरेको छ ।

कम्पनीले प्रधान कार्यालय समेत २३ वटा शाखा कार्यालयहरु र चार वटा एक्सटेन्सन काउन्टरहरुबाट बैंकिङ्ग  सेवाको रुपमा एटाएम,एसएमएस बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्ग सेवा, ईसीसी, आरटीजीएस, आईपीएस, कनेक्ट आईपीएस सेवा, कर्पोरेट पे,  क्युआर पेमेन्ट सेफ डिपोजिट लकर सुविधा, टपअप सुविधा, रेमिट्यान्स सेवा,डीपी सवा र सीआस्वा सेवा प्रदान गर्दै आएको छ ।
संस्थाको २२ औं वार्षिकत्सवको उपलक्ष्यमा सम्पूर्ण ग्राहकहरु, शेयरधनीहरु, शुभचिन्तक, नेपाल राष्ट्र बैंक तथा अन्य नियमनकारी निकायहरु प्रति कृतज्ञता पूर्वका हार्दिक आभार प्रकट गर्दै आगामी दिनहरुमा अझ सुदृढ, सरल, विश्वसनिय तथा गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेको छ  ।

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बढ्न थाल्यो तापक्रम, काठमाडौँ मै २५.४ डिग्रीसम्म पुग्यो

राजधानी काठमाडौँ सहित देशका विभिन्न शहरको तापक्रम बढ्न थालेको...

अर्थमन्त्री खनाल र निजी क्षेत्रबीच छलफल

अर्थमन्त्री रामेश्वर प्रसाद खनाल र निजी क्षेत्रका प्रतिनिधिमुलक संस्थाका...

नेप्सेमा सोलु हाइड्रोपावरको शेयर सूचीकृत, कुन मूल्यमा सुरुवाती कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सोलु हाइड्रोपावर लिमिटेडको शेयर सूचीकृत...

फिच रेटिङले भन्यो ‘रास्वपा सरकार बनेपछि लगानी वातावरण थप अनुकूल बन्नसक्छ’

फिच रेटिङ्सले नेपालको हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र...

फेक ‘रेस्क्यु’मा संलग्न थप एक जना पक्राउ

 नेपाल प्रहरीले फेक ‘रेस्क्यु’मा संलग्न थप एक जनालाई पक्राउ...

बाइक-स्कुटर साटेर टियागो इभि चढ्ने मौका, एक्सचेन्ज क्याम्प सुरु

नेपालमा विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणलाई लक्षित गर्दै सिप्रदी का...
spot_img