चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा गरिमा विकास बैंकको खुद नाफा १२ प्रतिशतले बढेको छ। बैंकले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार यस अवधिमा बैंकले २२ करोड ५७ लाख खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंकको खुद नाफा २० करोड १५ लाख रहेको थियो ।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ८८ करोड ८३ लाखबाट बढेर ९८ करोड ६८ लाख पुगेको छ। बैंकको संचालन मुनाफा २८ करोड ७८ लाखबाट बढेर ३२ करोड २३ लाख पुगेको छ। बैंकको वितरणयोग्य मुनाफा भने ७६.९३ प्रतिशतले बढेर ६८ करोड ४४ लाख रहेको छ ।
यस अवधिमा बैंकको प्रति शेयर आम्दानी १५ रुपैयाँ ९० पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ १६२ रुपैयाँ ७ पैसा रहेको छ । ५ अर्ब ६८ करोड चुक्ता पुँजी रहेको बैंकको रिजर्भमा २ अर्ब ८४ करोड रहेको छ।
बैंकले ६८ अर्ब ४१ करोड कर्जा प्रवाह गरेको छ भने ८३ अर्ब २७ करोड निक्षेप संकलन गरेको छ । बैंकको खराब कर्जा ३.८२ प्रतिशत रहेको छ ।












