Wednesday, July 9, 2025

समस्याग्रस्त सहकारीमा ६२ हजार बचतकर्ताको ४० अर्बको माग दाबी, डेढ अर्ब मात्रै फिर्ता

spot_img
spot_img

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सरकारले समस्याग्रस्त घोषणा गरेका सहकारीमार्फत बचतकर्ताको १ अर्ब ५१ करोड रुपैयाँ फिर्ता गरेको छ । समितिमा कुल ३९ अर्ब ९३ करोड ५६ लाख ६६ हजार ७१० रुपैयाँ माग दाबी रहेकोमा १ अर्ब ५१ करोड ५३ लाख ३६ हजार ८९९ रुपैयाँ बचत फिर्ता गरिएको समितिले जानकारी दिएको छ ।

फिर्ता भएको रकममध्ये १ अर्ब ४८ करोड ५१ लाख ३७ हजार ७१५ रुपैयाँको हिसाब राफसाफ भएको छ भने थप ३ करोड १ लाख ९९ हजार रुपैयाँ आंशिक रूपमा फिर्ता भएको समितिले जनाएको छ ।

समस्याग्रस्त २२ सहकारीका ६२ हजार ७६० बचतकर्तामध्ये ६ हजार १५५ बचतकर्ताको बचत रकम फिर्ता भएको समितिले जनाएको छ ।

२०८० पछि समस्याग्रस्त घोषणा भएकाबाहेक ओरेन्टलसहित पुराना १२ सहकारीको बचत चालु आवभित्रै राफसफ गर्ने र १० सहकारीको भने चालु आर्थिक वर्षभित्र ५० प्रतिशत हिसाब राफसाफ गर्ने लक्ष्य लिएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले जानकारी दिएका छन् ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष श्रीमणकुमार गौतमका अनुसार अब सहकारीका सञ्चालक समिति सदस्य र ऋणी सदस्य, ऋणीका एकाघर परिवार र जमानतकर्ताको जायजेथा लिलाम गर्ने र खाता रोक्का गरेर बचत फिर्ता गर्ने योजना बनाइएको छ । ऋण तिर्न कात्तिक १५ गतेसम्मको समय दिइएको र त्यसपछि सम्पत्ति रोक्का गरी लिलाम सुरू गरिनेछ ।

समितिका अनुसार चालु आर्थिक वर्षमा १३ हजार ७५ जना ऋणीको २३ अर्ब ६२ करोड ९७ लाख ५९ हजार ऋण असुलीका लागि अन्तिम कारबाही अगाडि बढेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img

राजनीतिमा आउनु अघि जहाँ थिए, त्यहि संस्थामा काम गर्न थाले बेलायतका पूर्व प्रधानमन्त्री सुनक

बेलायतका पूर्वप्रधानमन्त्री ऋषि सुनकले राजनीतिमा प्रवेश गर्नुअघिको आफ्नो करियरको...

बाढीको क्षति बुझ्न प्रधानमन्त्री नेतृत्वको टोली रसुवामा

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डलले रसुवास्थित भोटेकोशी नदीमा...

भोटेकोशीपछि लोमान्थाङमा ठूलो बाढी आयो, तिब्बतमा हिमताल बिस्फोटको आशंका

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ चुमजुङ गाउँमाथिको लेकबाट लेदोसहितको भीषण...

रसुवा प्रशासनले भन्यो, ‘गए रातिको बाढीले २० जना बेपत्ता भए, ६४ वटा गाडी बगायो’

जिल्ला प्रशासन कार्यालयले रसुवाले गए रातिको बाढीका कारण भएको...

क्यान महासंघ र चेम्बरबीच सूचना प्रविधि क्षेत्र सुदृढ गर्न रणनीतिक सम्झौता

नेपालको डिजिटल अर्थतन्त्रलाई सुदृढ पार्ने र सूचना प्रविधि (आईटी)...

गण्डकीले बनाउन लागेको विद्युत विधेयकमा इप्पानले दियो १० बुँदे सुझाव

गण्डकी प्रदेशको प्रस्तावित विद्युत् विधेयकमा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था,...
spot_img