Wednesday, June 18, 2025
spot_img

शिव शिखर सहकारीका अध्यक्षलाई जेलबाट ल्याएर संसदीय समितिले गर्यो सोधपुछ

spot_img
spot_img
सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानविन विशेष समितिले शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका अभ्यक्ष केदारनाथ शर्मासँग सोधपुछ गरेको छ। विशेष समितिले शर्मालाई नख्खु जेलबाट समितिको बैठकमा ल्याएर सोधपुछ गरेको हो।
समितिको कार्यविधिअनुसार शर्मासँग सोधपुछ गरिएको समितिका संयोजक सूर्य थापाले जानकारी दिए। शर्मा २०८० भदौमा जेल चलान भएका थिए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)को अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले उनीविरुद्ध संगठित सहकारी ठगीसम्बन्धी मुद्दा दायर गरेको थियो ।  १४ अर्ब रुपैयाँभन्दा बढी निक्षेप हिनामिना गरेको आरोपमा प्रहरीले उनी माथि मुद्दा दायर गरेको थियो ।
समितिले हिजो निम्न व्यक्तिसँग सोधपुछ गरेको थियो
१) डम्बरबहादुर तामाङ (डिबी बम्जन) – पूर्व अध्यक्ष, गोरखा वचत तथा ऋण सहकारी संस्था, ललितपुर
२) इमानसिंह राई- अध्यक्ष, गोरखा वचत तथा ऋण सहकारी संस्था, ललितपुर
३) सुरेन्द्र भण्डारी – सचिव, कार्यकारी प्रमुख, श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था, पुल्चोक, ललितपुर
४) रामबहादुर गौतम- गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था कुलेश्वर, काठमाडौं
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

सुनचाँदीको भाउ बढ्यो

आज बुधबार सुनको भाउ बढेको छ । मंगलबार प्रतितोला...

बजारमा अधिक तरलता, आज ९० अर्ब खिच्दै राष्ट्र बैंक

बजारमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैङ्कले आज असार...

कालीमाटीमा आज कुन तरकारी र फलफूलको मूल्य कति ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि...

स्यार्पु पावर कम्पनीले आईपीओ निष्काशन गर्ने , साधारणसभा आह्वान

स्यार्पु पावर कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले...

यस्तो छ आज बुधबारको लागि तय गरिएको विदेशी मुद्राको सटही दर

नेपाल राष्ट्र बैङ्कले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय...

कर्मचारीलाई ऊर्जामन्त्रीले भने ‘काम चित्तबुझ्दो भएन, खर्च गर्न नसक्ने भए किन बजेट माग्ने?’

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मन्त्रालय मातहत भएका...
spot_img