spot_img

समस्याग्रस्त शिवशिखर सहकारीको सम्पत्ति बिक्री गरिँदै, ललितपुरको गार्डेन मार्ट लिलाममा

spot_img

समस्याग्रस्त घोषित शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सम्पत्ति बिक्री गर्न थालिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत रहेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सो सहकारीको सम्पति बिक्री प्रक्रिया अगाडी बढाएको हो ।

सहकारी ऐन, २०७४ को परिच्छेद १८, दफा १०६ को खण्ड (ज) बमोजिम कार्यालयले सहकारी संस्थाको सम्पत्ति बिक्रि गर्न लागेको हो । जस अनुसार सो सहकारीले ललितपुर जिल्ला गोदावरी न.पा., वडा नं. १४, ठैवस्थित गौरी लाल श्रेष्ठको नाममा रहेको कित्ता नं. ३२८ क्षेत्रफल १-२-०-० जग्गामा निर्माण गरेको गार्डेन मार्ट, सहकारी संस्थाको शाखा, गार्डेन मार्टको संरचना, मार्ट भित्र रहेका सामान तथा सहकारी संस्थाका फर्निचर तथा कम्प्यूटर उपकरणहरु बिक्री गर्न लागिएको हो । यी सबैको न्यूनतम एकमुष्ट मूल्यांकन  एक करोड पन्ध्र लाख अठहत्तर हजार आठ सय पैंतीस रुपैयाँ गरिएको छ।

सहकारीको यी सम्पति घरधनी, बचतकर्ता वा बाह्य इच्छुक पक्षले उल्लिखित रकमभन्दा कम नहुने गरी बढी बढाउमा सकार्न चाहेमा  सूचना प्रकाशित भएको मितिले  सात दिनभित्र समितिको कार्यालय बुद्धनगरमा उपस्थित भई गोप्य शिलबन्दी निबेदन दिन कार्यालयले आग्रह गरेको छ ।

मन्त्रालयले २०८० /०५/२५ मा शिवशिखर सहकारीलाई समस्याग्रस्त घोषणा गरेको थियो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

२७ जलविद्युत आयोजनाको आरसीओडी थपियो (सूचीसहित)

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको पहलपछि...

निर्माण क्षेत्रले मूल्य समायोजन पाउने

सरकारले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५५ को...

अल्ट्राभायोलेटको दशैं अफर : मोटरसाइकल किन्दा हेल्मेट र डायमन्ड कोटिङ निःशुल्क

प्रिमियम इलेक्ट्रिक मोटरसाइकल ब्रान्ड अल्ट्राभायोलेटले नेपाली ग्राहकलाई लक्षित गर्दै...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ५ निर्णय

आज असोज १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ५...

भाटभटेनीमा सामान किन्दा २ वटा नयाँ टाटा पन्च ईभी जित्ने अवसर

दशैँ, तिहार, छठ पर्व जस्ता चाडपर्व नजिकिएसँगै बजारमा किनमेलको...

बाढीपछिको पुनःनिर्माणको लागि पाँच खर्ब स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस

सरकारले भोटेकोशी बाढीसहित पछिल्लो मनसुनजन्य बाढीका कारण प्रभावित क्षेत्रमा...