Thursday, July 16, 2026
spot_img

समस्याग्रस्त शिवशिखर सहकारीको सम्पत्ति बिक्री गरिँदै, ललितपुरको गार्डेन मार्ट लिलाममा

spot_img

समस्याग्रस्त घोषित शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सम्पत्ति बिक्री गर्न थालिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत रहेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सो सहकारीको सम्पति बिक्री प्रक्रिया अगाडी बढाएको हो ।

सहकारी ऐन, २०७४ को परिच्छेद १८, दफा १०६ को खण्ड (ज) बमोजिम कार्यालयले सहकारी संस्थाको सम्पत्ति बिक्रि गर्न लागेको हो । जस अनुसार सो सहकारीले ललितपुर जिल्ला गोदावरी न.पा., वडा नं. १४, ठैवस्थित गौरी लाल श्रेष्ठको नाममा रहेको कित्ता नं. ३२८ क्षेत्रफल १-२-०-० जग्गामा निर्माण गरेको गार्डेन मार्ट, सहकारी संस्थाको शाखा, गार्डेन मार्टको संरचना, मार्ट भित्र रहेका सामान तथा सहकारी संस्थाका फर्निचर तथा कम्प्यूटर उपकरणहरु बिक्री गर्न लागिएको हो । यी सबैको न्यूनतम एकमुष्ट मूल्यांकन  एक करोड पन्ध्र लाख अठहत्तर हजार आठ सय पैंतीस रुपैयाँ गरिएको छ।

सहकारीको यी सम्पति घरधनी, बचतकर्ता वा बाह्य इच्छुक पक्षले उल्लिखित रकमभन्दा कम नहुने गरी बढी बढाउमा सकार्न चाहेमा  सूचना प्रकाशित भएको मितिले  सात दिनभित्र समितिको कार्यालय बुद्धनगरमा उपस्थित भई गोप्य शिलबन्दी निबेदन दिन कार्यालयले आग्रह गरेको छ ।

मन्त्रालयले २०८० /०५/२५ मा शिवशिखर सहकारीलाई समस्याग्रस्त घोषणा गरेको थियो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

प्रधानमन्त्री शाहसँग गभर्नर पौडेलको भेट, शेयरबजारबारे पनि छलफल

प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ...

भारतद्वारा सवा ६ खर्बको मोबाइल फोन योजना स्वीकृत, ३९० खर्बको मोबाइल उत्पादन लक्ष्य

भारतले मोबाइल फोनको उत्पादन बढाउन विशेष योजना स्वीकृत गरेको...

नेप्सेमा एभरेष्ट कलरको शेयर सूचीकृत, ECL सिम्बलबाट कारोबार हुने

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एभरेष्ट कलर लिमिटेडको शेयर सूचीकृत...

साउनबाट महँगिदै बिजुली, व्यवसायिक ग्राहकलाई १३ प्रतिशतसम्म भ्याट

आर्थिक वर्ष २०८३÷०८४ बाट विद्युतमा मूल्य अभिवृद्धि कर (भ्याट)...

सुनको भाउ बढ्यो

आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार प्रतितोला...

निर्माण व्यवसायीले ऋणको पुनर्संरचना वा पुनर्तालिकीकरण गर्न सक्ने

नेपाल राष्ट्र बैंकले निर्माण व्यवसायीलाई राहत पुग्ने गरी एकीकृत...
spot_img