Saturday, May 9, 2026
spot_img

सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्यका लागि दरखास्त आह्वान

spot_img
spot_img

सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । प्राधिकरणको अध्यक्ष र सदस्य सिफारिस गर्न गठित सिफारिस समितिले सूचना प्रकाशित गर्दै दरखास्त माग गरेको हो ।

अध्यक्ष पदको लागि लागि अर्थशास्त्र, वाणिज्य, ब्याबस्थापन, लेखा, कानून वा सहकारी विषयमा कम्तीमा स्नाकोत्तर हासिल गरि नेपाल सरकारको राजपत्ताङ्कित बिशिष्ट श्रेणि वा सो सरहको पदमा कार्य गरेको वा अन्तर्राष्ट्रिय वा राष्ट्रियस्तरका बैंक वा वित्तीय संस्था वा सहकारी संस्थामा कम्तीमा १५ वर्ष कार्य अनुभव भएको हुनुपर्नेछ ।

विज्ञ सदस्यको लागि अर्थशास्त्र, वाणिज्य, व्यवस्थापन, लेखा, कानून वा सहकारी विषयमा कम्तीमा स्नातकोत्तर तह अध्ययन गरी अन्तर्राष्ट्रिय वा राष्ट्रियस्तरका बैंक, वित्तीय संस्था वा सहकारीमा कम्तीमा १० वर्ष काम गरेको हुनुपर्नेछ ।

आवेदक ६० वर्ष उमेर पुरा नभएको हुनुपर्नेछ । आवेदकले दरखास्त साथ संस्थाको अवधारणा पत्र, व्यवसायिक तथा आर्थिक कार्ययोजना पनि पेश गर्नुपनेछ ।

इच्छुकले जेठ ११ गतेको मितिले १५ दिनभित्र भौतिक रुपमा उपस्थित भएर आवेदन दिनइसक्नु पर्नेछ । उम्मेदवारले दरखास्त दस्तुर वापत ५ हजार रुपैयाँ बुझाउनु पर्नेछ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

फिफा विश्वकप हिमालयन टिभीबाट प्रसारण हुने, ९९९ रुपैयाँ तिर्नु पर्ने

नेपालमा यस वर्षपनि फिफा विश्वकप हिमालयन टिभीबाट प्रसारण हुने...

व्यवस्थापन नगरी सुकुम्वासी बस्तीमा डोजर नचलाउन सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले काठमाडौंका विभिन्न  नदी किनार र सार्वजनिक स्थानमा...

अब स्थानीय तहले कम्पनी खोल्न सक्ने, दुई वटा शर्त निर्धारण

अब स्थानीय तहले पनि आफ्नो नाममा कम्पनी दर्ता गर्न...

एभरेष्ट कफी बिन्सको ७औँ आउटलेट अनामनगरमा, संकल्प इन्भेष्टमेन्टले लियो फ्रेन्चाइज

एभरेष्ट ग्रुप अफ कम्पनीजको ‘एभरेष्ट कफी बिन्स’को सातौं आउटलेट...

फिफा विश्वकपको लागि ‘दाई दाई’ नामको गित ल्याउँदै शाकिरा, टिजर सार्वजनिक

कोलम्बियन गायिका शाकिराले २०२६ को फिफा विश्वकपको आधिकारिक गीत...

समस्याग्रस्त शेयर मार्केट्स एण्ड फाइनान्सको संयोजकमा उपाध्याय छनौट

पुतलीसडकमा रहेको समस्याग्रस्त नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडको...
spot_img