Tuesday, June 23, 2026
spot_img

नेपाल मै पहिलोपटक विन्धबासिनी सहकारीबाट सुरु भयो ‘सेक्योस अनलाइन प्रणाली’

spot_img
spot_img

बनेपा नगरपालिकाले सहकारी क्षेत्रमा देखिएका समस्याहरू समाधान गर्ने उद्देश्यले ‘सेक्योस अनलाइन प्रणाली’ सञ्चालनमा ल्याएको छ। सहकारी संस्थाको शासकीय, वित्तीय तथा अन्य सूचकांकलाई व्यवस्थित गर्दै नियमित अनुगमन र मूल्यांकन गर्न सकिने यो प्रणाली नेपालमै पहिलोपटक बनेपाबाट सुरु गरिएको हो।

यसअघि अफलाइन रुपमा प्रयोग हुँदै आएको प्रणालीलाई डिजिटलरुपमा रूपान्तरण गर्दै विन्धबासिनी बचत तथा ऋण सहकारी संस्था (साकोस) बाट औपचारिक शुभारम्भ गरिएको हो। बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले एक कार्यक्रमबीच उक्त प्रणालीको उद्घाटन गर्दै यसको औजार विन्धबासिनी साकोसका अध्यक्ष शान्तकुमार श्रेष्ठलाई हस्तान्तरण गरे।

नगर प्रमुख शाक्यले बनेपा नगरपालिकाको कार्यक्षेत्रभित्र विगतमा दर्जनौं सहकारीहरू वेपत्ता भएको, कतिपय झोलामै सीमित रहेको, सूचना प्रणाली कमजोर भएकाले पारदर्शिता नदेखिएको, र पदाधिकारीहरूको लापरवाहीका कारण बचतकर्ताहरूको रकम जोखिममा परेको अवस्थालाई न्यूनीकरण गर्न नयाँ प्रविधिको प्रयोग गरिएको बताए।

उनले विन्धबासिनी साकोसलाई देशकै नमुना संस्था भएको उल्लेख गर्दै, यो प्रणाली लागू गर्ने पहिलो सहकारी बन्न सफल भएकोमा धन्यवादसमेत दिए। साथै, बनेपा सहकारी इतिहासको सुरुआती केन्द्र भएकाले पनि यो प्रणाली यहाँबाट सुरु गर्नु उपयुक्त रहेको बताए।

विन्धबासिनी साकोसको ४५औं सञ्चालक समिति बैठक सोही प्रणालीमार्फत सम्पन्न भएको थियो। अध्यक्ष श्रेष्ठले संस्था नीति, विधि र प्रक्रियाअनुसार सञ्चालन भएकाले विन्धबासिनी साकोस देशभर उदाहरणीय सहकारी बनेको बताए।

बनेपा नगरपालिका सामाजिक तथा सहकारी शाखाका अधिकृत दिनेशकुमार पोखरेलका अनुसार, नगरभित्र सञ्चालनमा रहेका मुख्य कार्यालय, शाखा वा सेवा केन्द्र रहेका सबै सहकारी संस्थाहरूलाई अनिवार्य रूपमा उक्त अनलाइन प्रणालीमा आबद्ध गरिएको छ। हालसम्म १०० भन्दा बढी सहकारी संस्थाहरू प्रणालीमा आबद्ध भइसकेका छन् भने बाँकी संस्थाहरूलाई पनि जोड्ने प्रक्रिया जारी रहेको पोखरेलले जानकारी दिए।

उनले बचतकर्ताहरूको कमजोरी, पदाधिकारीहरूको लापरवाही र नियामक निकायहरूको बेवास्ताका कारण सहकारी क्षेत्रमा समस्या देखिएको बताउँदै, अनलाइन प्रणालीले ती कमजोरी सुधार गरी सहकारी क्षेत्रमार्फत राष्ट्रिय अर्थतन्त्रमा योगदान सुनिश्चित गर्ने विश्वास व्यक्त गरे।

बनेपा नगरपालिकाले प्रस्तुत प्रणालीलाई सहकारी संस्थाको स्वःमूल्यांकन गर्ने आधुनिक प्रविधिका रूपमा अगाडि सारेको छ। प्रणालीले २७ वटा सूचकका आधारमा मूल्यांकन गर्नेछ, जसबाट सहकारीहरूको वास्तविक अवस्था थाहा पाउन सकिने नगरपालिका पक्षको भनाइ छ।

उद्घाटन कार्यक्रममा बनेपा नगरपालिका र विन्धबासिनी साकोसका विभिन्न पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

स्काईवेलको उत्पादक कम्पनीले जी मोटर्सलाई आधिकारिक बिक्रेताबाट हटायो (पत्रसहित)

चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’ गाडीको उत्पादक कम्पनीले नेपालका...

हकप्रद निष्काशनको लागि एनआईसी एशिया बैंकले चयन गर्यो बिक्री प्रबन्धक

एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद निष्काशनको लागि बिक्री प्रबन्धक...

 एभरेष्ट कलरको शेयर डिम्याट गराउन सम्झौता

एभरेष्ट कलर लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...

सम्पत्ति जफत सुस्त हुँदा नेपाल फेरि ‘ग्रे लिस्ट’मै, ‘हाईप्रोफाइल’बाटै २७ अर्ब जफत गर्न बाँकी

फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले नेपाललाई सम्पत्ति शुद्धीकरणको ‘ग्रे...

घट्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला...

कालंगा हाइड्रोको शेयर डिम्याट गराउन सम्झौता

कालंगा हाइड्रो लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...
spot_img