Tuesday, June 23, 2026
spot_img

रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न चितवन जिल्ला अदालतको आदेश

spot_img
spot_img

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई चितवन जिल्ला अदालतले ५४ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासले लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

लामिछानेविरुद्ध साहरा सहकारी ठगी प्रकरणमा चितवन जिल्ला अदालतमा बुधबारदेखि बयान र थुनछेक बहस भएको थियो ।

उनीविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय चितवनले मंगलबार जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । उनीविरुद्ध मुलुकी अपराध संहित २०७४ को दफा २४९ को उपदफा १ र २ विपरीतको कसुरमा सोहीअनुरूप दफा २४९ को उपदफा ३ ग बमोजिम सजाय मागदाबी भएको थियो ।

लामिछाने यसअघि पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा कास्की जिल्ला अदालतबाट ६५ लाख, काठमाडौँको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा काठमाडौँ जिल्ला अदालतबाट ६० लाख र रुपन्देहीको सुप्रिम सहकारी प्रकरणमा रुपन्देही जिल्ला अदालतबाट १ करोड धरौटीमा रिहा भएका थिए ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

स्काईवेलको उत्पादक कम्पनीले जी मोटर्सलाई आधिकारिक बिक्रेताबाट हटायो (पत्रसहित)

चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’ गाडीको उत्पादक कम्पनीले नेपालका...

हकप्रद निष्काशनको लागि एनआईसी एशिया बैंकले चयन गर्यो बिक्री प्रबन्धक

एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद निष्काशनको लागि बिक्री प्रबन्धक...

 एभरेष्ट कलरको शेयर डिम्याट गराउन सम्झौता

एभरेष्ट कलर लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...

सम्पत्ति जफत सुस्त हुँदा नेपाल फेरि ‘ग्रे लिस्ट’मै, ‘हाईप्रोफाइल’बाटै २७ अर्ब जफत गर्न बाँकी

फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले नेपाललाई सम्पत्ति शुद्धीकरणको ‘ग्रे...

घट्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला...

कालंगा हाइड्रोको शेयर डिम्याट गराउन सम्झौता

कालंगा हाइड्रो लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...
spot_img