नेपाल एसबिआई बैंकको प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृतमा राम कुमार तिवारी नियुक्त भएका छन् । बैंकको माउ कम्पनी भारतीय स्टेट बैंक (एस.बी.आई.) ले तिवारीलाई नेपाल एसबिआई बैंकको प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गर्ने हो ।
हाल बैंकमा प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत रहेका दीपक कुमार दे लाई एस. बी. आई मा उच्च जिम्मेवारी सम्हाल्ने प्रयोजनका भारतीय स्टेट बैंकले फिर्ता बोलाएको छ । जस अनुसार बैंकले दीपक कुमार दे लाई माघ २ गते बैंकको कार्यभारबाट मुक्त गर्ने जनाएको छ।
माघ २ गतेबाट राम कुमार तिवारीले बैंकको प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृतजी जिम्मेवारी सम्हाल्ने छन् । हाल उनी स्टेट बैंक अफ इन्डियामा जनरल म्यानेजर छन् । उनले बैंकमा २४ वर्ष काम गरिसकेका छन् ।













