प्रभु बैंकले ५ अर्ब रुपैयाँ बराबरको अग्राधिकार शेयर निष्काशन गर्ने भएको छ । बैंकको चैत्र २७ गते बसेको संचालक समितिको बैठकले अग्राधिकार शेयर निष्काशन गर्ने निर्णय गरेको हो ।
बैंकले ८.५० प्रतिशत लाभांश दर कायम गरी मुनाफा भएको वर्षमात्र मुनाफा वितरण गर्ने गरी व्यक्तिगत तवर (Private Placement) बाट संस्थागत लगानीकर्ताहरुलाई मात्र बिक्री गरिने प्रति शेयर रु.१००/- दरका ५ करोड इकाई अर्थात रु. ५ अर्व बराबरको अविमोच्य असञ्चिति अग्राधिकार शेयर (Perpetual Non Cumulaitive Preference Share) जारी गर्ने निर्णय गरेको हो ।
अब बैंकको विशेष साधारणसभाले पारित गरेपछि तथा नेपाल राष्ट्र बैंक लगायतका नियमनकारी निकायबाट स्वीकृति प्राप्त भए बैंकले शेयर निष्काशन गर्ने छ ।













