सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत कर्णाली प्रदेश हुम्ला जिल्लाको अदानचुली गाउँपालिका ३ अवस्थित श्री छत्रपाल आधारभूत विद्यालयको २०५ बालबालिलाई ट्र्याकसुटहरु सहयोग प्रदान गरेकोे छ । यो विद्यालय २०५२ वर्ष देखी स्थापना भई सञ्चालनमा आएको हो ।
विद्यालयमा आयोजित एक समारोहका बीच यस बैंकका सर्केगाड शाखामार्फत सहयोग स्वरुप ट्र्याकसुटहरु हस्तान्तरण गरिएको बैंकले जनाएको छ । बैंकका अनुसार यस कार्यक्रम अन्तर्गत बैंकले विद्यालयका विद्यार्थीहरूलाई ट्र्याकसुट पोशाक वितरण गरेको छ, जसले विद्यार्थीहरूलाई खेलकुद, व्यायाम र दैनिक विद्यालय गतिविधिमा आरामदायी र न्यानो पोशाक उपलब्ध गराउनेछ ।
आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने योजना रहेको विषय जानकारी गराएको छ ।
बैंकले ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ४२ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट २० लाख २ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।












