Saturday, February 28, 2026
spot_img

सिटिजन्स बैंकका ग्राहकलाई भारतको मेदान्त अस्पतालमा छुट

spot_img
spot_img

सिटिजन्स ईन्टरनेशनल बैंकका ग्राहकले भारतको मेदान्ता द मेडिसिटी अस्पतालमा उपचार गराउँदा छुट पाउने भएका छन् । बैंक र उक्त हस्पिटलबीच बैंकका ग्राहकलाई छुट सुविधा उपलब्ध गराउने सम्बन्धि सम्झौता भएसँगै सिटिजन्स बैंकका ग्राहकले १५ प्रतिशतसम्म छुट पाउने भएका हुन् । यो छुट सुविधा मेदान्ता द मेडिसिटीका ७ अस्पतालमा प्राप्त हुनेछ ।

यसअघि छुट सुविधा मेदान्ता गुडगावँमा मात्रै लागू हुँदै आएकोमा अब थप ६ अस्पतालहरू– मेदान्ता नोएडा, मेदान्ता सुपर स्पेशलिटी अस्पताल, लखनउ, जय प्रभा मेदान्ता सुपर स्पेशलिटी अस्पताल, पटना, मेदान्ता सुपर स्पेशलिटी अस्पताल, इन्दौर, मेदान्ता अब्दुर रज्जाक अन्सारी मेमोरियल वीभर्स अस्पताल, राँची, मेदान्ता अस्पताल, राँचीमा पनि उपलब्ध हुनेछ ।

समझदारीपत्रमा बैंकतर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले हस्ताक्षर गरेका छन् । बैंकका अनुसार यस सहकार्यबाट भारतमा स्वास्थ्य उपचार गराउन जाने क्रममा नेपालीहरुले विगतदेखि नै लाभ लिइरहेकोमा अब थप हस्पिटलबाट समेत छुट सुविधा उपलब्ध हुने भएपछि नेपालीहरु थप लाभान्वित हुने छन् ।

सिटिजन्स बैंक इन्टरनेसनलले हाल ६१ जिल्लामा फैलिएका २०० शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत सेवा प्रदान गरिसकेका छन्।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

डलर अर्बपति विनोद चौधरीको प्रतिज्ञापत्रमा के छ ?

नवलपरासी (सुस्ता पूर्व) क्षेत्र नम्बर १ का कांग्रेस उम्मेदवार...

२८ खर्ब ५८ अर्ब पुग्यो नेपालले तिर्न बाँकी ऋण

नेपाल सरकारले लिएको तिर्न बाँकी ऋण २८ खर्ब ५८...

‘आईटी अब दलहरूको साझा एजेन्डा हो, घोषणापत्रमा सीमित नराखी कार्यान्वयनमै लैजान्छौ’

सूचना प्रविधि (आईटी) क्षेत्रको विकासका लागि राजनीतिक दलहरूले अब...

मौद्रिक नीति समीक्षाको सिबिफिनद्वारा स्वागत

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले नेपाल राष्ट्र...

महासंघका अध्यक्ष ढकाल र राष्ट्रसंघकी आवासीय संयोजकबीच भेटवार्ता

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नोभेम्बर २०२६...

श्री स्टिलले अंकित मूल्यमै आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ

श्री स्टिलले सर्वसाधारण लगानीकर्तामा प्राथमिक सार्वजनिक निष्काशन (आईपिओ) जारी...
spot_img