Thursday, June 25, 2026
spot_img

आगामी आर्थिक वर्षको बजेटमा राजस्व सम्बिन्धि सुझाव दिन राजस्व परामर्श समिति गठन

spot_img
spot_img

आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट निर्माण क्रममा राजस्व सम्बन्धि सुझाव दिन अर्थ मन्त्रालयले राजस्व परामर्श समिति गठन गरेको छ । अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयका अनुसार अर्थमन्त्री रामेश्वर खनालले राजस्व सचिवको संयोजकत्वमा राजस्व परामर्श समिति गठन गरिएको हो ।

विभागीय प्रमुख, त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभाग वा निजले तोकेको वरिष्ठ प्राध्यापकलाई सदस्य तोकिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक, अर्थ मन्त्रालयले तोक्ने अर्थ विज्ञ र कर विज्ञ एक एक जना, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष, नेपाल उद्योग परिसंघ अध्यक्ष, नेपाल चेम्बर अफ कमर्स अध्यक्ष र नेपाल आर्थिक संघ अध्यक्ष समितिको सदस्य रहने छन् ।

नेपाल उद्योग व्यापार महासंघका अध्यक्ष, नेपाल घरेलु तथा साना उद्योग महासंघ अध्यक्ष पनि समितिको सदस्यमा रहने छन् । अर्थ मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखा सहसचिवलाई सदस्यसचिवको जिम्मेवारी तोकिएको छ ।

पाण्डेयका अनुसार राजस्व परामर्श समितिले आफ्नो काम सुरु गरिसकेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सुनचाँदीको भाउमा भारी गिरावट

आज बिहिबार सुनको भाउ घटेको छ । बुधबार प्रतितोला...

जीवन विकास लघुवित्तले युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्तलाई गाभ्ने, स्वाप कति ?

जीवन विकास लघुवित्त, युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्तले...

नेरुडे मिर्मिरे लघुवित्तको साधारणसभा आह्वान, हकप्रद निष्काशन गर्ने प्रस्ताव

नेरुडे मिर्मिरे लघुवित्तले साधारणसभा आह्वान गरेको छ । कम्पनीले...

सर्वोत्तम पेन्ट्सको आईपीओ बाँडफाँड, ७० हजार ५ सय ५० जनाले पाए शेयर

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड...

सर्वोत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड हुने

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ असार...

अनुसन्धानको लागि मौखिक अनुरोध मै खाता रोक्का हुने, बैंकले २४/७ कर्मचारी राख्नु पर्ने

वित्तीय अपराध न्यूनीकरणको लागि नेपाल राष्ट्र बैंकले कडा कदम...
spot_img